News Portal

  • शनिबार थप २ हजार १२० जनामा संक्रमण पुष्टि, २ हजार ४४ जना संक्रमणमुक्त

    डबली संवाददाता२०७७ असोज १७ गते
    ३८१ पटक

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार १२० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो हिजोको तुलनामा कम हो । हिजो नेपालमा एकैदिन अहिलेसम्मकै २७ सय २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धि नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २१२० जनामा संक्रमण देखिएको जानकारी गराएको छन् ।

    यो सगै हाल सम्म ८४ हजार ५७० जनामा कोरोना संक्रमण भईसेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ४४ जना संक्रमित निको भएर घर फर्किएका जानकारी गराएको छन् । हाल सम्म निको हुनेको संख्या ६२ हजार नाघेको छ । हाल ६२ हजार ७४० जना कोरोना मुक्त भएर घर फकेको छन् ।

    मन्त्रालयका अनुसार आज देशभर पछिल्लो २४ घण्टामा थप ८ जनाको निधन भएको छ । यो सहित हाल सम्म निधन हुनेको संख्या ५२८ जना रहेको छ ।

    हाल देशभर ४२ सय ४३ जना करेन्टाइनमा रहेको छन् । हाल २१ हजार ३०२ जना र्आसोलेसन्मा रहेको छन् । हाल सम्म १० लाख ६१ हजार ६६४ जनाको कोरोना परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्