आज :

कोरोनका कारण सोमबार १५ जनाको निधन, उपत्यकामा ५१२ सहित थप ११७० जनामा संक्रमण पुष्टि

काठमान्डौं । सोमबार पछिल्लो २४ घण्टाको थप ११७० जना कोरोना सक्रमित भएको छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५५३२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको नियमित प्रेश बिफिङमा पछिल्लो २४ घण्टामा थप १५ जनाको ज्यान गएको बताएको छ । योसँगै कारोना संक्रमणबाट ज्यान गुमाउनेको सख्या संख्या ३६० जना पुगेको छ ।

त्यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालययका अनुसार १८० महिला र ३३२ पुरुष गरी ५१२ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा काठमाडौंमा ४४०
सहित भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण पुष्टि भएको छ । आज काठमान्डौमा ६ जनाको ज्यान गएको छ ।

नेपालमा हाल आइसोलेसनमा १५३९३ जना रहेका छन् । क्वारेन्टाइनमा ६८९२ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३९५७६ जना छन् ।

हाल सम्म ८ लाख पिशिआर परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal