आज :

बाँके कारागारमा ३०० कैदीबन्दीमा काेराेनाकाे लक्षण ,परिक्षणमा बेवास्ता

काठमान्डौं । बाँके चारबाहिनी चोक स्थित बाँके कारागारमा रहेका झण्डै ७०० जना कैदीबन्दीहरु मध्ये करिब २००–३०० जना जति कैदीबन्दीहरुमा उच्च ज्वरो, रुघाखोकी , र टाउको दुख्ने समस्या भएको कारागार स्रोतले बताएको छ ।

कैदीबन्दीमा लामो समय देखी उच्च ज्वरो, रुघाखोकी , र टाउको दुख्ने समस्या हुँदा कोरोेना संक्रमण जस्तो लक्षण देखिएपनि उनिहरुमा कोरोना परिक्षण नभएकोले कैदीबन्दी त्रास र डरमा रहेकाे  कारागार स्रोतले बताएको छ ।

त्यहाँ यसअघि जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले कारागारमा २१ जनामा परिक्षण गर्दा ७ जना कैदीबन्दीमा कोरोना संक्रमण भएको पुष्टि गरेको थिए । त्यसपछि अन्य करिब  २०० देखि ३०० जना कैदीबन्दीमा पनि उच्च ज्वरो र रुघाखोकी, टाउको दुख्ने जस्ता कोरोना लक्षण मिल्दाजुल्दा बिरामी कैदीबन्दीहरुको भने कोरोना परिक्षण नगरेको कारण उनिहरु कोरोना संक्रमणको उच्च जोखिममा रहेको जानकारी कारागार स्रोतबाट प्राप्त भएको छ ।

बाँके कारागारमा २ सय ५० जनाको क्षमता रहेको भएपनि अहिले कारागारमा ४७ महिलासहित ७ सय ९० जना कैदीबन्दी राखिएको छ ।

पछिल्लो समय बिश्वभर महामारीको रुप लिएको कोरोना भाईरस नेपालमा पनि  तिब्र रुपमा फैलिरहेको छ भने कारागारका  कैदीबन्दीलाई पनि कोरोना संक्रमण हुन सक्ने जोखिम बढेको छ । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सर्बोच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ को व्यवस्थाबमोजिम कैदिबन्दीलाई छोड्न भनेको छ ।

सर्वोच्च अदालतले कैदीबन्दीलाई प्रक्रिया पु¥याएर सहुलित दिन सरकारका नाममा आदेश जारी गरेको थियो । कारागारमा कैदीबन्दीको भीडभाडयुक्त बसाइले कोरोना संक्रमणको जोखिम बढेको भन्दै न्यायाधीशहरु कुमार रेग्मी र हरि फुयालको इजलासले कैदीबन्दीले पाउने सहुलितपूर्ण कानुनी व्यवस्था कार्यान्वयन गर्न आदेश दिएको थियो ।

आदेशमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनमा गम्भीरबाहेकका आपराधिक कसुरमा कैदीबन्दीलाई कैद मिनाहा गर्नुपर्ने, खुला कारागारमा राख्न सकिने लगायतका व्यवस्था छन् ।

तर अदालतको आदेश पूर्ण कार्यान्वयन नभएको परिस्थितिमा दिनप्रतिदिन कोरोना सक्रमण बढेसँगै कैदीबन्दी कोरोना सक्रमणको जोखिममा परिरहेका छन् ।

यसअघि मात्र सुन्धारास्थित केन्द्रीय कारागारका १५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएको थियो । त्यहा बाहिरबाट सरुवा भएर आएका २ कैदीमा कोरोना सक्रमण पाईएको थियो

कारागारमा संक्रमण देखिन सक्नेतर्फ जेलमा सावधानी नअपनाइएको कारण विभिन्न कारागार कैदिबन्दिी सुरक्षार्थ खटिएका प्रहरी र जेल प्रशासनका कर्मचारीमा कोरोना सक्रमणको उच्च जोखिम देखिएको छ ।

हाल देशभरका ७१ जेलमा २३ हजार ८ सय कैदीबन्दी रहेको छन् । तर, जेल क्षमता भने १० हजार मात्र छ । यस्ले गर्दा जेल कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । हाल क्षमता भन्दा अधिक कैदीबन्दी एकै ठाउँ खाँदिएर बस्दा कोरोना जोखिम बढिरहेको सरोकारवालहरुले बताउने गरेका छन् ।

यसैबिचमा कतिपय कारागारबाट कैदीबन्दिहरु छुटेको पनि छन् । कारागारमा रिहाइ गर्न मिल्ने एक वर्ष वा एक वर्षभन्दा कम कैद सजाय भएका कैदीबन्दिहरु  छुट्ने गरेका छन् । कैदवापतको रकम बुझाएर उनिहरु रिहाइ हुने गरेका छन् । तर रकम बुझाउन नसक्ने केदीहरु भने छुट्न सकेको छैनन् ।

यसरी रिहाइ हुन सक्ने कैदीले बाँकी कैद अवधिको दिनको रु तीन सयका दरले हुन आउने रकम बुझाउनुपर्ने प्रावधान छ । अदालतबाट फैसला भई कैदवापतको रकम बुझाएर छाडिदिन आदेश दिएपछि मात्रै उनिहरुलाई रिहाइ गर्ने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal