आज :

किसानलाई मल उपलब्ध नगराउने अधिकारी र कोइरालालाई कारवाही, कम्पनी कालो सूचीमा

काठमाडौँ । किसानलाई समयमै मल उपलब्ध नगराउने दुई ठेकेदारलाई सरकारले कारवाही गरेको छ । मल आपूर्तिको ठेक्का लिएका कम्पनीहरुले गरेको लापर्वाहीलाई कारबाही गर्दै सरकारले धरौटी समेत जफल गरेको ।

सम्झौता समयभित्र मल नल्याउने ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँगको ठेक्का सम्झौता सरकारले रद्द गर्नुको साथै धरौटी जफत गरेको हो ।

सरकारले कृषि सामाग्री लिमिटेडमार्फत युरिया मल आयात गर्न गत अप्रिल २४ र २७ मा ५० हजार मेट्रिय टन युरिया मल आयातका लागि शारदाप्रसाद अधिकारीको सैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपल प्रालिसँग सम्झौता गरेको थियो । तर, सम्झौताअनुसार समय सीमा पूरा भइसक्दा पनि ल्याउन नसकेकाले कृषि सामग्री केन्द्रले कारबाहीको निर्णय गरेको हो । यी दुई कम्पनीले २५–२५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का लिएका थिए । तर हालसम्म पनि उनीहरुले मल नल्याइदिँदा देशभर मलको हाहाकार भएको छ ।

दुबै सप्लायर्सले मल आयातका लागि १२ मेमा नेपाल इन्भेस्टमेन्ट बैंक र सिद्धार्थ बैंकमा प्रतिकपत्र खोलेका थिए । प्रतितपत्र खोलेको मितिले पहिलो शिपमेन्ट ४२ दिन र दोस्रो सिपमेन्ट ७२ दिनभित्र गरी सम्पूर्ण सामान भदौ ७ भित्रै शिपमेन्ट भइसक्नु पर्ने थियो । तर समयमा सामान नल्याएपछि पुनः २५ दिन म्याद थप गरिएकोमा सो मितिमा पनि शिपमेन्ट नभएको केन्द्रले जनाएको छ ।

भदौ २० गतेभित्र सम्झौताअनुसार मल ल्याइसक्नुपर्ने थियो । केन्द्रले भदौ २१ गते अर्थात हिजो सम्झौताअनुसार मल ल्याउन सक्ने कुनै बस्तुगत एवम् विश्वसनीय तथ्य प्रमाणहरु प्राप्त नभएकाले दुबै ठेकेदारलाई कारवाही गरिएको र दुबै कम्पनीको नाममा राखेको कार्यसम्पादन जमानत जफत गरी सम्झौता रद्ध गरिएको जानकारी केन्द्रले कृषि मन्त्रालयलाई गराएको छ ।

साथै, केन्द्रले प्रचलित कानुन अनुसार सप्लार्यसँग क्षतिपूर्ति दावी गरिने जनाएको छ । दुबै कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया समेत अघि बढाइने केन्द्रले जनाएको छ ।

फरक–फरक ठेक्कामार्फत ५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र माघ ४ मा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal