आज :

भारत–चीन सीमाक्षेत्रमा पुनः झडप–चिनियाँ जनसेनाले भारतको विशेष सृुरक्षा बलका एक सैनिकको ज्यान लिए

काठमान्डौं । बिबादित भारत–चीन सीमाक्षेत्रमा पुनः झडप भएको छ । झडपमा परी चिनियाँ जनसेनाले भारतको विशेष सृुरक्षा बलका एक सैनिकको ज्यान लिएको भारतिय सन्चार माध्यमहरुले बताएको छन् । बिबिसिको अनुसार २ देशका सैनिकबीचको झडप शनिबार र आइतबार राति भएको हो । त्यसैगरी बीच लद्दाख क्षेत्रको सीमामा पछिल्लो २४ घण्टामा २ चोटी झडप भएको हो ।

झडपको बिषयमा चिनियाँ सेनाले घुसपैठ गर्न खोज्दा झडप समेत भएको भारतले बताएको छ । तर झडप कसरी भयो भन्नेबारे चीनले आधिकारिक रुपमा केहि बोलेको छैन् ।

त्यस्तैगरी भारतीय सेनाले  एक विज्ञप्ति जारी गरी चिनियाँ जनसेना (पिएलए) ले लद्दाख क्षेत्रमा सीमारेखा परिवर्तन गर्ने प्रयास गरेकोमा आफ्नो तर्फबाट उक्त प्रयासलाई रोकेको पनि जनाएको छ ।

बिज्ञप्तिमा भनेको छ ‘भारतीय सैनिकले पेङगोङ त्सो लेकमा चिनियाँ सैनिकले चालेको उक्साहटपूर्ण कदम रोकिएको छ, भारतीय सेना संवाद मार्फत शान्ति कायम गर्नका लागि तत्पर छ, साथै आफ्नो क्षेत्रको अखण्डता र सुरक्षाका लागि पनि प्रतिबद्ध छ । विवाद समाधानका लागि ब्रिगेड कमान्डरस्तरमा बैठक पनि जारी छ ।’

त्यसैगरी भारतीय सेनाले सीमा क्षेत्रमा शान्ति बनाइराख्न बनेको सहमतिको उल्लंघन भएको उल्लेख गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

अहिले भारत र चीनबीच जारी सीमा विवादको विषयमा कमाण्डरस्तरमा वार्ता भइरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यसअघि लद्दाख क्षेत्रको गलवानमा १५ जुनमा दुई देशका सैनिकहरुबीच हिंसात्मक झडप भएको थियो । त्यसमा पनि २० भारतीय सैनिकको ज्यान गएको थियो भने कति चिनियाँ सैनिक हताहत भए भन्नेबारे अहिलेसम्म चीनले कुनै प्रतिक्रिया दिएको छैन ।

उक्त घटना पछि भारतीय विदेशमन्त्री एस. जयशंकरले भारतको चीनको साथ सीमारेखालाई लिएर सन १९६२ पछि सबैभन्दा गम्भीर अवस्था उत्पन्न भएको जनाएका थिए ।

भारत र चीनको बीचमा तीन हजार पाँच सय किलोमिटर सीमा रहेको छ । यी दुई देशबीच सीमाको विषयलाई लिएर सन् १९६२ मा युद्धसमेत भएको थियो ।

लामो समयदेखि २ देशका कूटनीतिक तथा सैनिक अधिकारीहरूबीच छलफल चलिरहेका भए पनि कुनै समाधान निस्कन भने सकेको छैन ।

#एजेन्सिकाे सहयाेगमा

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal