आज :

चिनियाँ कोरोना खोपको अन्तिम ट्रायल सकियोः नेपालीसहित ३१ हजारले लगाए, १२० देश सहभागी

काठमाडौं । चीनले बनाएको कोरोनाभाइरस भ्याक्सिनको अन्तिम ट्रायल सकिएको छ । जसमा नेपालीसहित ३१ हजार स्वयंसेवक सहभागी रहेका थिए । तर अहिले नै नेपालीको संख्या कति थियो भन्ने खुलासा भइसकेको छैन । यो भ्याक्सिनको ट्रायल संयुक्त अरब इमिरेट्स (यूएई)लगायतका देशहरुमा गरिएको थियो ।

भ्याक्सिन लगाउने कार्यमा स्वयंसेवकहरु नेपालसहित १२० भन्दा धेरै देशका नागरिकहरु सहभागी रहेको खलीज टाइम्सका समाचारमा उल्लेख छ । एक रिर्पोटकाअनुसार ६ हप्तामा यी सबै स्वयंसेवकलाई भ्याक्सिन लगाइएको हो ।

हालसम्म हजारौं मानिसहरुलाई भ्याक्सिनको दोस्रो डोज दिइ सकिएको छ । अब ती स्वयंसेवकहरुको निरन्तर निगरानी गरिएको छ । यसैबीचमा चिनियाँ कम्पनी सिनोफार्मले पहिलो र दोस्रो चरणको ट्रायलमा भ्याक्सिनले राम्रो नतिजा दिएको बताएको छ ।

चीनको सिनोफार्मले विकास गरेको यो भ्याक्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल पनि हो । यो भ्याक्सिकनकाे सिनोफार्मले कम्पनीले संयुक्त अरब इमिरेट्सको जी ४२ हेल्थकेयरसँग मिलेर ट्रायल गरेको हो ।

यसैबीचमा अबु धाबीका स्वास्थ्य मन्त्री अब्दुल रहमान बिन मोहम्मद अल हौवेसले कोरोना भाईरस महामारीका विषयमा सरकार सुरुदेखि नै विश्वव्यापी सहभागिताको साथ काम गरिरहेको बताएको छन् । त्यस्तै त्यहाका स्थानीय अधिकारीहरुले पनि कम समयमै भ्याक्सिनेशनको लक्ष्य पूरा गर्नेमा आशा ब्यक्त गदै स्वास्थ्य कर्मचारीहरु र स्वयंसेवकहरुको प्रशंसा गरेका छन् ।

ट्रायलको लागी अब स्वयंसेवकको नाम दर्ता गर्ने कार्य बन्द गरि सकिएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार स्वयंसेवकहरुको संख्या पर्याप्त भइसकेकोले नयाँ स्वयंसेवक दर्ता कार्य बन्द गरिएको हो ।

कोरोनाले सिंगो विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा चीनले बनाएको खोपले मानिसहरुमा आशा संचार भएको छ । कोरोनाका कारण नेपालसहित विश्वभर ८ लाख ५४ हजार ७७५ जनाको ज्यान गइसकेको छ । सोमबारसम्म नेपालमा २२८ जनाले ज्यान गुमाइसकेका छन् भने मंगलबार विहान थप ४ जनाको कोरोनाका कारण निधन भएको पुष्टि भएको छ ।

नेपालमा कोरोना‍ भाइरसबाट करिब ४० हजार मानिसहरु संक्रमित भइसकेका छन् । नेपालसहित विश्वभर २ करोड ५६ लाख ३९ हजार मानसिहरु संक्रमित भएका छन् ।  जसमध्ये १ करोड ७९ लाख ४४ हजार बढीले कोरोनासँग जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal