आज :

चितवनमा थप ३ जनाको कोरोनाबाट निधन भएको पुष्टि, मृतकको संख्या १६ पुग्यो

काठमाडौँ । कोरोना भाइरस संक्रमणका कारण चितवनमा थप तीन जनाको निधन भएको पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार निधन भएका तीनै जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

अस्पतालका अनुसार सोमबार दिउँसो केही घण्टाको फरकमा उनीहरुको निधन भएको थियो । एकजनाको उपचारको क्रममा र दुई जनाको निधनपछि स्वाब संकलन गरी परीक्षण गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा राति कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएको हो ।

तीनै जनामा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनीहरूलाई दुई तीनदेखि मात्रै स्वास्थ्यमा समस्या देखिएको बताइएको छ । उनीहरुमा एक्कासी लक्षण देखिएको र राम्रोसँग उपचार गर्न नपाउँदै निधन भएको थियो । गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

योसँगै चितवनमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । जसमध्ये ९ जना चितनवका हुन् । अन्य बारा, गोरखा, मकवानपुर,नवलपरासीका भएको बताइएको छ ।

यसैबीच सोमबार देशभर थप ८९९ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँ उपत्यकामा २८८ सहिदत सोमबार देशभर थप ८९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वार गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९९ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका थिए । योसँगै सोमबार दिउँसोसम्म संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसोसम्म देशभर थप ७ जनाको ज्यान गएको पुष्टि गरेको थियो । त्यतिबेलासम्म ज्यान गुमाउनेको स‌ख्या २२८ पुगेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal