आज :

सर्लाहीका दुर्घटनापीडित परिवारसँग सभामुख अर्यालले गरे भेट

  • अनलाइन डबली

सर्लाही । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा घाइतेका आफन्तसँग भेटघाट गरेका छन् ।

आज भेटघाटका क्रममा सभामुख अर्यालले दुर्घटनाबाट प्रभावित परिवारसँग कुराकानी गर्दै राज्य पीडितहरूको साथमा रहेको आश्वासन दिए । उनले पीडित परिवारलाई नआत्तिन आग्रह गर्दै घाइतेहरूको उपचार तथा मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए ।

दुःखद घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्न सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले यस कठिन परिस्थितिमा पीडित परिवारलाई साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त भेटघाटमा सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद नरेन्द्र साह, सर्लाही क्षेत्र नम्बर २ का सांसद रवीन महतो लगायत अन्य संघीय सांसदहरूको समेत उपस्थिति रहेको थियो ।

सभामुखसहितको टोलीले पीडित परिवारको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग र राहतका विषयमा आश्वस्त पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal