आज :

इलाममा असिना पानीले धानबारीमा क्षति, सम्बन्धित निकाय बेखबर

  • अनलाइन डबली

टीका खतिवडा –

इलाम । इलाममा परेको असिना पानीका कारण पाक्नै लागेको धान बालीमा ठुलो क्षति पुर्‍याएको छ । गत कात्तिक २५ गते परेको असिना पानीका कारण पाक्न लागेको धान ९० प्रतिशत सम्म भुईँमा झारेको किसानहरूको भनाइ छ ।

इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको बाक्लो असिनाले पाक्नै लागेको बढी क्षति धान बालीमा पुर्‍याएको किसानहरुको भनाइ छ । मुख्य बाली भित्र्याउने मुख्य सिजनमा नै एक्कासि मौसम बिग्रिएर असिना पानी परेपछि धान काट्ने र थन्क्याउने तयारीमा रहेका स्थानीय किसानहरू निकै चिन्तित बनेका छन् ।

विशेष गरेर देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, सन्दकपुर गाउँपालिकाका विभिन्न क्षेत्रमा बढी असिना परेको बताइएको छ । असिनासहितको वर्षाले पाकेर पहेँलपुर भएको धानका बाला झारेको तथा बोट ढालेर क्षति पुर्‍याएको किसान मिलन सुवेदीको भनाइ छ । अलैँची, अदुवा लगायतका केही बालीका लागि राहत मिले पनि हिउँदे तरकारी बालीमा समेत क्षति पुर्‍याएको किसानहरू बताउँछन् ।

वर्षभरि खान पुग्ने अन्न जोहो गर्न लामो समयको मेहनत र लगानीपछि बाली भित्र्याउने अवस्थामा पुगेको धान असिनाले सखाप पारेपछि किसानहरू निराश बनेका छन् ।

धानबारीमा क्षति पुर्‍याए पनि कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले किसानको नोक्सानी प्रति कुनै चासो नदेखाएको किसानहरू बताउँछन् । हालसम्म किसानहरूबाट क्षतिको विषयमा जानकारी नगराएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिरण अधिकारीको भनाइ छ ।

यता किसानहरूले तत्काल उचित राहतको व्यवस्था गरिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal