आज :

‘व्यवस्था परिवर्तन गर्ने जन-पत्रकारिता, आफै बदलिने अवस्थाको दोषि को ?’

काठमाडौँ ।  मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश तथा विदेशबाट करिब ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका अर्का वक्ता विश्वभक्त दुलाल (आहुति) ले जनपक्षीय पत्रकारिताको नाममा पार्टीको पक्षपोषण भइरहेको बताए । ‘पार्टी पक्षीय र जनपक्षीय पत्रकारिता एउटै होइन’, उनले उदाहरण दिँदै भने, ‘एउटा कविलाई पार्टीको मात्र कविता लेख्न भनियो भने त्यो कवि होइन, ऊ पार्टीको पिछलग्गु हो ।’

जनपक्षीय धारले पूँजीवादको विरोध मात्रै गर्ने गरेको उल्लेख गर्दै उनले भने, ‘हामी पुँजीवादले यसो गरे, उसो गरे मात्र भन्छौँ । तर त्यसका विरुद्ध योजना बनाउँदैनौं । समस्या यहिनेर छ ।’  अहिले सामाजिक सञ्जाल सञ्चारको वैकल्पिक धारको रुपमा आएकोले यसलाई लोकतन्त्रको महान विस्तार मान्नुपर्ने उनले बताए । तर, यसको सही प्रयोगमा सचेत हुनुपर्ने उनको भनाई थियो । प्रविधिलाई प्रयोग गर्नै नजानेर पनि हामी पछिपरिरहेको पनि उनले बताए । अहिलेको विधिलाई प्रयोग गरेर अधिकतम फाइदा लिनुपर्ने उनले बताए ।

जनपक्षीय नारा बोकेर हामी पुजीपतिकै वरिपरि घुमिरहेको पनि उनको आरोप थियो । ‘हामी खाली विज्ञापनको पछि मात्रै कुदिरह्यौं । हुँदा हुँदा पत्रिका जोगाउनका लागि जनपक्षीय पत्रकार पुँजीपतिकोमा पुग्नुपर्ने बाध्यता भयो’ मेक्सिकोको उदाहरण दिँदै उनले भने, ‘तर हामीले के बुझ्नु महत्वपूर्ण छ भने, मेक्सिकोमा एउटा यस्तो पत्रिका छ, जसमा एउटा पनि विज्ञापन छैन । तर त्यो पत्रिका मेक्सिकोमा धेरै बिक्री हुने पत्रिका मध्येको दोस्रो स्थानमा पर्दछ ।’ विज्ञापन भन्दा पनि जनपक्षीय विषयवस्तुमा केन्द्रित भएर पत्रकारिता गर्नुपर्ने उनको भनाई थियो ।

दुलालले युद्ध पत्रकारिता गरेर आएका पत्रकारहरुले ब्यवस्था परिवर्तनका लागि अतुलनिय योगदान गरेको बताए, तर वर्तमान मूलधारको पत्रकारिता भनिएकोमा उनिहरु भूमिका बिहिन भएकोप्रति चिन्ता जहेर गरे । यस्तो हुनुका पछाडिका पाटाहरु केलाएर समिक्ष गर्ने बेला आएकोसमेत बताए । जनयुद्धमा स्थापित जनादेश, जनदिशा पत्रिका, दर्जनौं रेडियोहरु र सयौं पत्रकारहरु अहिले कहाँ गए र किन हराए अनि अहिले कस्तो अवस्थामा छन् भनेर खोज्दा धेरै कुरा स्पष्ट हुने उनको भानाई थियो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले आज सूचनाहरु आपसमा लडिरहे पनि हामीले संकलन गर्न र व्यवस्थापन गर्न नसकिरहेको बताए । उनले भने, ‘हामी आज मनोयुद्धलाई झेल्न सकिरहेका छैनौं ।’

पत्रकारहरुमा प्रश्न गर्न सक्ने सामथ्र्य पनि घट्दै गएको उनले बताए । जनपक्षीय मिडिया अथवा जनताको मिडिया बनाउन पत्रकारहरुले आलोचनात्मक चेत राख्नुपर्ने र प्रश्न गर्नुपर्ने आवश्यक रहेको उनले बताए । पत्रकारिता गर्दा अपनाउँदै आइएको, प्रयोग गरिँदै आएको ५ध् १ ज् मध्ये किन र कसरी भन्ने प्रश्न हराई सकेको उनको भनाई थियो । उनले भने, ‘त्यसैले पत्रकारिता गर्नेले किन र कसरी खोज्न आवश्यक छ ।’

‘आज जनपक्षिय पत्रकारितालाई पनि राजनीतिक धारले पेल्दै लगेको छ’ उनले अगाडि भने, ‘त्यस्तो हुनुहुन्न । किनकी राजनीति र पत्रकारिता फरक कुरा हो ।’ पीटरले १० वर्षे जनयुद्धमा ब्यवस्था परिवर्तनकानिम्ति ज्यानको बाजी लगाएर परिवर्तनको बाटो हिँडेका पत्रकारहरु एकआद बाहेक अरु आज बेहाल अवस्थामा पुगेको दोष कस्ले लिने हो भन्दै प्रश्न पनि गरे । हिजो जुन सपना र सोचले पत्रकारीता गरिएको थियो त्यसको हत्या गर्नै खोजो पनि बचाउन पर्ने धारणा राखे । त्यसकानिम्त राजनीति र पत्रकारिताबीचको भेद छुट्याउन सक्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal