News Portal

  • बिश्वभर खुशीको खबरः रुसले बनायो साइडइफेक्ट नभएको प्रभावकारी कोरोनाको अर्को खोप

    डबली संवाददाता२०७७ भदौ ७ गते
    ५६८ पटक

    काठमाडौं । रुसले साइडइफेक्ट नभएको कोरोना विरुद्ध ‘एपी–भ्याक’ नामक प्रभावकारी भ्याक्सिन बनाएको सार्वजनिक गरेको छ । यसअघि नै कोरोनाविरुद्ध पहिलो भ्याक्सिन बनाएर बिश्वलाई खुसीको खबर दिएको रुसले तयार गरेको दोस्रो खोप थप प्रभावकारी, सुरक्षित र साइडइफेक्ट पनि नरहेको बताएको छ । रुसले साइडइफेक्ट नभएको दोस्रो खोप सार्वजनिक गरेसँगै बिश्वभर अर्को खुशी थपिएको छ ।

    यो भ्याक्सिनको उत्पादन अक्टुबरदेखि नोभेम्बरसम्ममा हुन सक्ने रुसी  अधिकारिहरुले बताएको छन् । त्यस्तै द्रोस्रो भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुने पनि उनिहरुले बताएको छन् ।

    भ्याक्सिन ५७ जना भोलिन्टिरयमाथि परीक्षण गरिएको र कसैमा पनि यसको दुष्प्रभाव नभएको र अहिलेसम्म कसैमा पनि नकारात्मक प्रभाव नभएको रुसी वैज्ञानिकहरूले बताएका छन् । भ्याक्सिनले १४ देखि २१ दिनको अन्तरालमा दुई इन्जेक्सन दिएपछि एउटा प्रतिरक्षा प्रतिक्रिया उत्पादन गर्नु रहेको पनि बैज्ञानिकहरुले बताएको छन् ।

    यही महीनाको सुरुमा रुसले स्पुतनिक–भी भ्याक्सिन बनाएको थियो। त्यसको परीक्षणलाई लिएर केही देश र संस्थाले रुसको पहिलो भ्याक्सिनमाथि आशंका र आलोचना गरिएको बेला रुसको दोस्रो भ्याक्सिन ‘एपी–भ्याक’माथि पनि  आशंका र आलोचना गरिने कतिपयको भनाइ छ ।

    यसैबीच कोरोनाभाइरको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख नाघेको छ । आइतबार विहानसम्म आउँदा नेपालका १४७ सहित विश्वभर ८ लाख ३ हजार ९७ पुगेको जोन्स होप्किन्स विश्वविद्यालयले जनाएको छ ।

    त्यसैगरी नेपालसहित विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड ३१ लाख ३० हजारभन्दा बढी पुगेको खबरले मानिसहरुलाई चिन्तित बनाएको बेला रुसको दोस्रो खोपले खुशीको संचार गरेको छ ।

    रुसले कोरोनाविरुद्धको खोप बनाइरहेको बेला अमेरिकाले भने ७५ करोड लामखुट्टे बनाएर प्रकृतिमा छोड्न लागेको छ । कोरोनाबाट नागरिकलाई जोगाउन छोडेर अमेरिकाले रासायनिक प्रक्रियाद्वारा उत्पादन गरिएका लामखुट्टेलाई छोड्न अनुमति दिएको छ ।

    आइतबारसम्म अमेरकामा कोरोनाबाट अमेरिकामा ५६ लाख ६६ हजारभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ७६ हजारभन्दा बढीले ज्यान गुमाएको छन् ।

    कोरोनाको दोस्रो बढी प्रभावित देश ब्राजिलमा ३४ लाख ३५ लाख ८२ हजार संक्रमित भएका छन् भने एक लाख १४ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । ब्राजिलमा २९ लाख मानिसहरुले कोरोनासँग जितेर घर फर्केका छन् ।

    नेपालको छिमेकी भारत कोरोनाबाट बढी प्रभावितको तीन नम्बर सूचीमा छ । आइतबार विहानसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ लाख ७५ हजारभन्दा बढी पुगेको छ । जसमध्ये ५५ हजार ७ सय ९४ जनाले ज्यान गुमाएका छन् । अहिले पनि करिब ८ लाख मानिसहरु कोरोनासँग लडिरहेका छन् । गएको २४ घण्टामा एकै दिन भारतमा ७० हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना संक्रमणलाई करिबकरिब नियन्त्रण गर्न सफल भएको रुसले खोपको परीक्षण सुरु गरिसकेको छ । रुस कोरोनाका संक्रमित बढी हुने दशको चौथो नम्बरमा छ । रुसले मासमा गरेको परीक्षणको क्रममा ९ लाख ४९ संक्रमित भएका थिए । त्यो अहिले निकै घटेको छ । रुसी संचारमाध्यमहरुका अनुसार कोरोना संक्रमणबाट १६ हजार २ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यो संक्रमितको संख्याको तुलनामा निकै कम हो ।

    त्यसैगरी दक्षिण अफ्रिकामा ६ लाख ७ हजार ४५ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये १२ हजार ९८७ जनाको ज्यान गएको छ । पेरुमा ५ लाख ८५ हजार २३६ जना संक्रमित भएका छन् भने २७ हजार बढीले ज्यान गुमाएका छन् । त्यस्तै, कोलम्बियामा ५ लाख ३३ हजार संक्रमितको संख्या पुग्दा करिब १७ हजारले ज्यान गुमाएका छन् ।

    नेपालमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ३१ हजार १ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १४६ जनाको ज्यान गएको छ । नेपालमा १८ हजार ३ सय ५० जनाले कोरोनासँग जितेर घर फर्केका छन् ।

    यता विश्व स्वास्थ्य संगठनले २०२१ को शुरूआतसम्म प्रभावकारी भ्याक्सिन उपलब्ध नहुने बताएको थियो । शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अबको २ वर्षसम्म कोरोना भाइरस महामारी अन्त्य हुन सक्ने बताएको थियो । ब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेब्रेयससलले महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको थिए ।

    प्रतिकृया दिनुहोस्