आज :

नेकपाकी नेतृ भूजेल र पौडेललाई अदालत परिसरबाटै पुनः समात‍िइन्

सुनसरी । विप्लव नेतृत्वको नेकपा नेतृ उमा भूजेललाई मंगलबार बेलुका नेपाल प्रहरीले सुनसरी जिल्ला अदालत परिसरबाट संविधान विपरित पुनः गिरफ्तार गरेको अधिवक्ता कला त्रितलले अनलाइन डबलीलाई बताएकी छन् ।

८ महिना अघि २०७७ पौष महिनाको पहिलो हप्ता उनलाई सुनसारीबाटै गिरफ्तार गरेर करिब आदा दर्जन जिल्लाहरुमा घुमाउँदै पुनः सुनसरी जिल्लामा पुर्याएको थियो । मंगलबार नेतृ भुजेलसँगै सो पार्टी झापा जिल्ला इन्चार्ज सुमन सिं पौडेललाई थुनचेक बहस भएको र अदालतले सादा तरिखमा छाड्न आदेश दिएको थियो । अहिले पनि करिब २ सय जना जति प्रहरीले अदालत भित्र बाहीर घेरा हालेर गिरफ्तार गरेको भन्दै अर्का अधिवक्ता बिनाेद कुमार तिमल्सिनाले आपत्ति जनाएका छन् ।

 

अधिवक्ता त्रितालले संविधान विपरित अदालत भित्रै पसेर गिरफ्तार गर्न खोज्नु र परिसरबाट विना पूर्जी पक्राउ गर्नु अदालतको मनहानी भएको बताएकी छन् । गोरखा जेल बे्रक गरेर साहसी महिलाको उपाधि पाएकी भुजेल र अर्का नेता पौडेललाई सरकारले राज्य विरुद्धको कसुर, विष्पोटक पदार्थ तथा संगठित अपराधको मुद्धामा लामो समयदेखि बन्दी बनाउँदै आएको छ ।

सुनसरी जिल्ला अदालतमा नेतृ भुजेल र पौडेलको तर्फबाट अधिवक्ता द्वोय त्रिताल तथा तिमल्सिनाले बहस गरेका थिए । अदालतले सादा तारेखमा रिहा गर्न आदेश दिए लगत्तै सायौं प्रहरीले दिउसैबाट भित्र–बाहिर गिरफ्तारीकोनिम्त घेरा हालेको थियो । प्रहरी अदालत भित्रै पसेपछि अधिवक्ताहरुले विना पूर्जी पक्रन नदिने अड्डि कसेको र कहाँ लैजाने हो त्यसको ग्यरेण्टी नभएसम्म गिरफ्तार गर्न नदिएको स्रोतले बताएको छ ।

फोटोः सुमन सिं पौडेलको फेसबुकबाट

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal