आज :

रुसले कोरोनको थप खोप उत्पादन थाल्यो, अगस्ट अन्त सम्ममा संसारभर उपलब्ध हुने

काठमाडौँ । रुसले कोरोनको थप खोप उत्पादन गर्न थालेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता खोप बनाएको प्रमाणिकरण गरिएको बताएका थिए । स्वास्थ्य मन्त्रालयलले अब खोप अगस्ट अन्त्य सम्म उपलब्ध हुने बताउदै खोप उत्पादनको कार्य अगाडि बढेको बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

त्यस्तै रुसको स्वस्थ्य मन्त्रालयको विज्ञप्तिमा भनिएको छ “गमलेया रिसर्च इस्न्टिच्यूटले नोवल कोरोना भाइरस खोपको पहिलो ब्याच उत्पादन गरेको छ । अब पहिलो चरणको उत्पादन सुरुवात गर्दैछौं ।”

यसअघि रुसका राष्ट्रपति  पुटिनले मंगलबार खोप बनेको घोषण गरेका थिए । पुटिनले मस्कोमा सरकारका सदस्यहरूसँगको बैठकमा बोल्दै गमलेया राष्ट्रिय अनुसन्धान केन्द्रले बनाएको उक्त खोप रूसी स्वास्थ्य मन्त्रालयमा आधिकारिक रुपमा दर्ता भएको र खोपले राम्रो नतिजा दिएको बताएका थिए ।

राष्ट्रपति पुटिनले जनतालाई सुरक्षित महशुस गराउन पहिला आफ्नो छोरीलाई पनि खोप दिइएको जानकारी दिएका थिए । खोप इन्डोनेसियामा १ हजार ६ सय २० जना कोरोनाभाइरस संक्रमितमाथि पनि प्रयोग गर्न लागिएको पनि पुटिनले जानकारी दिएका दिए । उनले खोप कोरोनाविरुद्धको पहिलो सफल खोप भएको दाबी गरेका थिए ।

यसबिचै विश्वभरका धेरै वैज्ञानिकहरूले भने खोपको सुरक्षा जाँच अझै गर्नुपर्ने बताइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal