आज :

नेकपाका दजनौं नेता कार्यक्रता धमाधम समातिए , महासचिब बिप्लवको धारण यस्तो छ

काठमाडांै । पछिल्लो समय प्रतिन्धित बिप्लब निकट नेकपाका नेता कायक्रर्ता धमाधम समातिएका छन् । सरकारले नेत्रविक्रम चन्द विप्लब समूहलाई कुनै पनि गतिबिधि गर्न प्रतिबन्ध लगाएको छ , त्यसैको अधारमा कोरोना कहरको बिचमा पनि नेकपाका नेता कार्यक्रताहरु प्रहरीद्धारा धमाधमा समातिएको छन् ।

हिजो नेकपाका रुकुम पश्चिमबाट ३, सुर्खेत र सल्यानबाट २ २ दैलेख र डोल्पाबाट १ १ जना समातिएका छन् । उनिहरु दैलेखको आठबीस नगरपालिका–६ का उदय विक, मुगुको सोरु गाउँपालिका–६ निवासी जिल्ला सेक्रेटरी रामबहादुर भाम ‘उदय’, जुम्लाको हिमा गाउँपालिका–७ निवासी जिल्ला सदस्य नन्द तिवारी र सोही गाउँ पालिकाकी सपना बुढा हुन् त्यस्तै जुम्लाको गोठीचौर गाउँपालिका–१ का सूर्य महतारा, सल्यान बागचौर नगरपालिका–४ का मोहन केसी र सोही नगरपालिका–२ का सेजन चन्द रहेको प्रहरीले बताएको छ ।

यस्तै भेरिगगा नगरपालिका ९ बाट जहरेबाट कर्णबहादुर बिसि र सहवीर महरा पनि समातिएको छन् । उनिहरु दुबै जना जिल्ला कमिटी सदस्य रहेका छन् ।यस्तै रुकुम पश्चिमका जिल्ला सेक्रेटरी हीरामणि रावल सहित नेकपाका ४ जना कार्यकर्तालाई आठबीसकोट नगरपालिकाको राडीबजारबाट समातिएका छन् ।

रावल सहित विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा, नेकपाका जिल्ला सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पनि पनि समातिएका प्रदेश प्रहरी कार्यलयले बताएको छ ।

उनीहरुको साथबाट विभिन्न दस्तावेज, निर्माण व्यवसायीलाई आर्थिक सहयोगको लागि लेखिएका पत्र तथा रकम असुल गरेका अर्धकट्टी समेत बरामद गरिएको प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताएको छन् ।
समातिएका मध्ये सल्यानबाट एक जनालाई छाडिएको छ भने दैलेखका १, सल्यानका १, रुकुम पश्चिमका ४ र डोल्पाका १ जनालाई मुद्दा दर्ता गरिएको छ । उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुविधा र अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रदेश प्रहरी प्रवक्ता बास्तोलाले बताए ।

यसअघि नेकपाको जुम्लाको तिला नगरपालिका वडा नं ६ घोडेगाउँमा काङ्ग्रेसी कार्यकर्ता र उक्त वडाको वडाध्यक्ष भक्त रोकायाको समूहले आफ्नो पार्टीका जिल्ला सचिव उदय, युवा सङ्गठन नेपालका जुम्ला जिल्ला अध्यक्ष नवीन, महिला सङ्गठनकी सपनालाई आक्रमण गरी समातेर प्रहरीलाई बुझाएको थियो । जवाफमा भेरी–कर्णाली ब्युरोले प्रेस विज्ञप्ति जारी गदै घटनाको घोर भत्र्सना गरेको थियो । ब्युरो इन्चार्ज रविले विज्ञप्तिमा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई वडा अध्यक्ष भक्त रोकायासहितको समूहले आक्रमण गरी गिरफ्तार गराएको भन्दै बिनासर्त रिहाइको माग गरेका थिए् । आफ्नो पार्टी निश्चित विचार र सिद्धान्तसहित अघि बढिरहेको भन्दै सरकारले दमन अभियानको बाटोबाट क्रान्तिकारीलाई तह लगाउने सोचाइ राख्नु गलत भएको उल्लेख गरेका थिए ।

यसबिचमा महासचिब बिप्लबले ईरातो खबरमा एक बिशेष अन्तवार्ता दिएका थिए । देश नयाँ सङ्कट र अन्तर्विरोधबाट गुज्रिरहेको बताउदै परिवर्तन चाहने जनतामाथि जबरजस्ती दलाल पुँजीवादी सत्ता थोपरियो । जस्ले राज्य गतिहीन भएर जान्छ र सङ्कटहरू पैदा हुन्छन् । आखिर त्यस्तै भयो । यो सत्तालाई रूपान्तरण गरेर मात्र यी समस्याबाट मुक्त हुन सकिन्छ भन्ने धारण राखेका थिए ।

त्यस्तै केपी सरकारले त लकडाउनमा पनि तपाईंका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दै हिँडेको छ । तपाईंहरूले कसरी लिनुभएको छ भन्ने प्रशनमा बिप्लवले भने “यो निकै अनैतिक, अमानवीय र क्रूर छ । हामीले कोरोना महामारीमा जनताको भावनालाई कदर गर्दै राज्यविरुद्ध आक्रामक कारबाहीहरू रोक्यौँ । हामीले त कोरोना रोकथाममा सबैसँग सहकार्य गर्ने पनि भन्यौँ । स्थानीय स्तरमा केही ठाउँमा राम्रो सहकार्य पनि भयो तर केपी सरकारले हाम्राविरुद्ध अप्रेसन गर्ने, गिरफ्तार गर्ने, जेल हाल्ने कार्य एकछिन पनि रोकेको छैन । उसको यो अनैतिक, हिंसावादी व्यवहारलाई जनताले पनि बुझ्दै गएका छन् । केपीले बुझ्नुपर्छ– केही कमरेडहरूलाई गिरफ्तार गरेर र जेल हालेर एकीकृत जनक्रान्ति रोकिने होइन, बरु यसले हामीलाई होइन, उसैलाई समस्यामा पार्नेछ ।”

त्यस्तै उनले जुन सत्ता र सरकारले श्रमिक जनताको प्रतिनिधित्व गर्दैन त्यसले दलाल, तस्कर, भ्रष्टाचारी, अत्याचारीका विरुद्ध कारबाही गर्दा क्रान्तिकारीहरू माथि दमन गर्ने बताउका छन् । जसले जनताका बीचमा खुला प्रतिस्पर्धा गर्ने सामथ्र्य राख्दैन उसले दमन र प्रतिबन्धको सहारा लिने पनि उल्ल्ेख गरेको छन् । त्यस्तै जुन सरकारसँग जनताको राजनीति सकिन्छ त्यसले बन्दुकको बलमा टिक्ने मूर्खता गर्छ । केपी सरकारको हालको अवस्था यही हो । तर जनताका पक्षमा उठ्ने र सञ्चालन गरिने न्यायपूर्ण सङ्घर्ष दमन, प्रतिबन्ध र बन्दुकभन्दा अतुलनीय रूपले शक्तिशाली हुन्छ । केपी सरकारले जनताका पक्षमा लडिरहेको हाम्रो पार्टीविरुद्ध मात्र होइन, युवा, पत्रकार, कर्मचारी, विभिन्न व्यवसायीविरुद्ध जस्तो दमनकारी नीति अपनाइरहेको छ, यसले उसैलाई सक्ने दिशामा लगिरहेको बताएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal