आज :

संक्रमित थपिने क्रम नरोकिए पछि सुनसरी जिल्लाले जारी गर्याे निषेधित क्षेत्र घोषणा

काठमाडांै । जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमितको संख्या थपिने क्रम नरोकिए पछि निषेधित क्षेत्र घोषणा गरेको छ । कोरोना संक्रमणको जोखिम थप बढ्दै गएको र बढ्दो जोखिम कम गर्न तथा भीडभाड रोक्न आवश्यक भएको निष्कर्षसहित निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्लालाई साउन २६ गते सम्मका लागि निषेधित क्षेत्र लागू गरेको छ । प्रशासनले जारी गरेको निषेधित क्षेत्र आज राति १२ बजेदेखि २६ गते रातिसम्म लागू हुने भनिएको छ । त्यस्तै निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कारवाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ ।

स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताएको छन् ।

निषेधित क्षेत्रको अवधिमा सर्वसाधारणको आवतजावत पूर्ण बन्देज रहने जिल्ला प्रशासन कार्यालय सुनसरीले बताएको छ । सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछि आउजाउ गर्न पाउने छन् । औद्योगिक क्षेत्रलाई स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ ।

यो अवधिमा अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् । प्रशासनले सवारी सञ्चालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal