आज :

चीनले भन्यो- कोरोनाविरुद्धको औषधि धामाधम बनाइरहेका छौं, सबैभन्दा पहिला नेपाललाई दिन्छौं

काठमाडौं । चीनले कोरोनाविरुद्धको खोपको सफल परीक्षाण भएको भन्दै धमाधम तयार भइरहेको बताएको छ । कोरोनाविरुद्धको लडाइँमा सबैभन्दा पहिला छिमेकी देशहरुलाई सहयोग गर्ने चीनले बताएको छ ।

चिनियाँ बिदेशमन्त्री वाङ यीले कोरोनासँग जुध्न नेपालसँग पनि निकट सहकार्य भइरहेको बताएका छन् । चीनले कोरोना नियन्त्रण गर्न सफल भएको अनुभव छिमेकी देशहरुलाई बाड्न समेत चाहेको बताए । कोरोनाविरुद्धको लडाइँमा छिमिकीहरुलाई सहयोग गर्ने बचन दिएका वाङ यीले खोप बन्ने बित्तिकै नेपालसहित छिमेकी देशहरुमा आफै पुर्याइदिने बताए । चीनले कोभिड १९ को महामारी पछी पहिलो पटक आयोजना गरेको भिडियो कन्फरेन्समा बोल्दै विदेशमन्त्री वाङ यीले नेपाल लगायत पाकिस्तान र अफगानिस्तानलाई पनि पहिलो चरणमै कोरोनाको खोप पुर्याउने बताएका थिए ।

पछिल्लो पटक चीनमा कोरोनाका संक्रमित नभेटिएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । केही दिनअघि राजधानी बेइजिङमै कोरोनाका बिरामी भेटिएका थिए । चीनले कोरोना संक्रमणलाई ८४ हजारमै नियन्त्रण गरेको थियो । जसमध्ये ७८ हजार ९४४ निको भएर घर फर्किएका थिए भने ४ हजार ६३४ ले ज्यान गुमाएका थिए । अहिले चीनमा ४ सय ८२ जनाले उपचार गरिरहेका छन् ।

यसैबीच विश्वभर १ करोड ६८ लाख ८२ हजार चार सय ११ जानमा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाएको छ । संक्रमितमध्ये विश्वभरमा हालसम्म ६ लाख ६२ हजार ४१९ ज्यान गुमाएका छन् ।

त्यसैगरी संक्रमितमध्ये करिब करिब १ करोड,४ लाख व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरजिम्मेवारीपनकै कारण कोरोना बढेको बताइएको छ । अमेरिकापछि ब्राजिल बढी प्रभावित भएको  छ । तेस्रो स्थानमा छिमेकी भारत रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal