आज :

मलेशियाका भूतपूर्व प्रधानमन्त्रीले गरे डलर भ्रष्टाचार

काठमान्डौं । मलेशियाको उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले मलेशियाका भूतपूर्व प्रधानमन्त्री नजिब रजाकले लाखौं डलर भ्रष्टाचार गरेको खुलासा गरेका छन्। उनले प्रधानमन्त्रि हुदाको बखत सरकारी कोषबाट आफ्नो निजी खाताहरूमा झन्डै एक करोड अमेरिकी डलर सारेको विषय पुष्टि भए सगै भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका हुन् ।

उनले एउटा आर्थिक केन्द्र बनाउने एवम् रणनीतिक लगानीमार्फत् अर्थतन्त्र सुदृढ बनाउने उद्देश्य राखेर सन् २००९ मा वनएमडीबी स्थापना गरेको थियो । तर सन् २०१५ को आरम्भतिर ब्याङ्क एवम् बन्डमा लगानी गरेकाहरूलाई तिर्नुपर्ने ११ अर्ब डलर नतिरेपछि भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका थिए ।

उनलाई आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरू लागेको थियो । तर उनले यो अभियोगहरु अस्वीकार गदै आईरहेका थिए भने उनको मुद्धालाई मलेशियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो ।

उनि माथि लागेका भ्रष्टाचार सम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनी विरुद्ध लागेका सातवटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको हा े। अब उनलाई पन्ध्र देखि बिष वर्ष कारागार हुन सक्ने छ । तर उनि आफुले गल्ति नगरेको र आफ्ना आर्थिक सल्लाहकारहरूले झुक्याएको दाबी गरेका छन् । आफूले कुनै पनि सार्वजनिक कोषबाट पैसा नलिएको र आफु निर्दोष भएको बताईरहेका छन । त्यस्तै आफ्नो खातामा आएको रकम साउदि राजपरिवारबाट चन्दा आएको भनिररेका छन ।
नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए । भ्रष्टाचारको आरोपमा उनि लगभग दुई बर्ष अगाडि नै पक्राउ परेका थिए ।

फोटो स्रोतः नजिब रजाकको सामाजिक सञ्जाल फेसबुकबाट

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal