आज :

रुसले अन्तरिक्षमा हतियारसहित स्याटेलाइट पठायो ? जुनकुसै बेला अमेरिकी स्याटेलाइट खसाल्न सक्ने

काठमाडौं । रुसले अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप लागेको छ । यो आरोप अमेरिका र बेलायतले लगाएका हुन् । उनीहरुले आफ्ना स्याटेलाइटलाई निशाना बनाउन रुसले सो कार्य गरेको भनेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिका र बेलायतले आफ्ना स्याटेलाइटलाई रुसले जुनसुकै बेला पनि खसाल्न सक्ने भन्दै विरोध जनाएका छन् । अमेररिकी विदेश मन्त्रालयले रुसले हालै ‘एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट हतियार’ प्रक्षेपण गरेको बताएको छ ।
अमेरिकी आरोपबारे रुसले आधिकारिक रुपमा केही बताएको छैन । तर, यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता वा अवस्था थाहा पाउनका लागि नयाँ प्रकारको प्रविधि प्रयोग गरेको बताएको थियो ।

रुसले स्याटेलाइटमा नयाँ प्रविधि प्रयोग गरेसँगै चासो राख्दै आएको थियो भने अहिले बेलायतले पनि अमेरिकाले लगाएको आरोप लगाएको छ । अमेरिका, बेलायतले रुसले आफ्नो हतियार नियन्त्रण क्षमता अन्तरिक्षसम्म बिस्तार गर्न चाहेको आरोप लगाउँदै आएका छन् । अमेरिका र बेलायतले लगाएको आरोपअनुसरा रुसले अन्तरिक्षमा हतियारसहितकाे स्याटेलाइट पठाएकै हो भने जुनसुकै बेला पनि अमेरिकी स्याटेलाइट खसाल्न सक्नेछ ।

यसैबीच चीनले पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । चिनियाँ संचारमाध्यमहरुका अनुसार तियानवेन–१ “स्वर्गको जिज्ञासा” नाम दिइएको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो ।

पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० लाख किलोमिटरको यात्रा गरेर पृथ्वीमा फर्कने छ ।
चीनको यस मिसनमा एउटा मार्स अर्बिटर, एउटा ल्यान्डर र एउटा रोभर रहेको छ । यी उपकरणको मद्दतबाट मंगल ग्रहको माटोको अध्ययन गरिने चिनियाँ वैज्ञानिकहरुले बताएका छन् ।

मंगल खोज अभियानमा अरु पनि मुलुक सहभागी हुन थालेका छन् । युएईले पनि गत सोमबार एउटा यान जापानबाट प्रक्षेपण गरेको छ ।
चीनले अन्तरिक्ष खोजमा अमेरिकाको बर्चश्व समाप्त अन्त्य गर्दैछ । अमेरिकी अन्तरिक्ष अन्वेषण केन्द्र नासाले सन् १९९० को अन्त्यदेखि मंगल ग्रहमा चारवटा रोभर यन्त्र पठाइसकेको छ । नासाले सन् २०३१ सम्ममा मंगल ग्रहबाट ढुंगा र बालुवाका नमुना संकलन गरेर पृथ्वीमा ल्याउने लक्ष लिएको छ ।

सन् १९६० देखि शुरु भएका मंगल ग्रह अभियानमा हालसम्म अमेरिका, रसिया, युरोप, जापान र भारत सामेल भइसके पनि अधिकांश यी अभियान असफल भएका छन् । तर, चीनले आफ्नो अभियान सफल हुने दाबी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal