आज :

ओलीको अबको योजनाः प्रचण्ड-नेपाललाई थकाउने, नसके एमाले ब्यूताउने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गम्भीर संकटमा फसेको छ । आन्तरिक खिचातानीका कारण करिब दुई तिहाईको मतको धनी (नेकपा) संकटमा फसेको छ । पछिल्ला केही दशककै शक्तिशाली मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षको टेको खोज्नु परेको छ ।

सत्ताको खिचातानीमा नराम्रोसँग फसेको (नेकपा) र उसले नेतृत्व गरेको सरकारलाई देश र जनताले भोग्नु परेको कोरोना र सलहको संकटबारे सोच्ने पनि फुर्सद छैन । पछिल्ला दिनमा खासगरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको अहंकार, व्यक्तिवादी प्रवृति हावी भएपछि विवाद सडकसम्मै पुगेको छ । जारी स्थायी समिति बैठक विहीबारसम्म आउँदा दुई दिन सारिएको छ । बैठकमा सहभागी अधिकांश नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा मागेपछि ओलीले सत्ताको शक्ति प्रयोग गर्ने संकेत देखाएका छन् ।

प्रधानमन्त्री ओलीले आजै एकाएक संसदको बजेट अधिवेशनको अन्त्य गर्ने मन्त्रिपरिषदबाट निर्णय गरेका छन् । एमसीसी निर्धारित मितिमा अनुमोदन नगरेपछि ओलीले संसदको काम सकिएको भन्दै अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए । प्रमुख प्रतिपक्षसहित आफ्नै पार्टीका नेताहरुले एकाएक संसद अधिवेशन अन्त्य गरेकोमा विरोध जनाइरहेका छन् । संसद अन्त्य गरेर अध्यादेश ल्याउन लागेको बताइएको छ । उक्त कुराको आशंका गर्दै (नेकपा)का अर्का अध्यक्ष प्रचण्डले ओली र राष्टपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

प्रधानमन्त्री ओली दल सम्बन्धी अध्यादेश ल्याएर पार्टी विभाजनको तयारीमा लागेको स्रोतको दाबी छ । पार्टी र संसदीय दलमा ४० प्रतिशत नजुटेपछि ओलीले अध्यादेशमार्फत कानून खुकुलो बनाएर पार्टी विभाजनको तयारीमा लागेको आशंका प्रचण्डलाई पनि छ । अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने तयारीबारे विहीबार प्रचण्डसँग भएको छलफलमा पनि ओलीले स्पष्टसँग बताए । प्रचण्डले स्थायी समिति बैठकमा भनेअनुसार ओलीले एकदुई दिनमा अध्यादेश नल्याउने बताएका थिए । यो भनेको अध्यादेश ल्याउन लागेको स्वीकार गरेको हो । प्रचण्डले बैठकमा पार्टी विभाजनको संघारमा पुगेको बताउँदै एकता खतरामा परेको बताएका थिए ।

राष्ट्रपतिसँगको भेटमा अध्यादेशबारे जिज्ञासा राख्दा मिलेर जानुस् मात्रै भनेको प्रचण्डले बैठकमै बताएका थिए । बुधबार प्रचण्ड र नेता माधव कुमार नेता समूहले ललितपुरको झम्सिलेखमा गरेको गुटको बैठकमा पनि ओलीले यो कदम चाल्न सक्ने नेताहरुले सचेत गराएका थिए । तर, बैठकमा सहभागी ३० नेताले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा गराउने सहमति गरेर फर्केका थिए । त्यो भन्दा पहिले विहान ओलीले बालुवाटारमा आफ्नो गुटको बैठक बोलाएका थिए ।  बैठकमा सहभागी हुन नपाएका पर्यटनमन्त्री योगेश भट्टराइले पनि आफू गुटको बैठकले गरेको निर्णय मान्ने बताएका थिए ।

अब ओलीले दुई विकल्प रोजेको देखिन्छ । पहिलो, झम्सिखेल गठबन्धन तोड्ने । त्यसको लािग बामदेव गौतमलाई फेरि प्रधानमन्त्रीको ललिपप देखाउने र माधव कुमार नेपाललाई पार्टी अध्यक्षको लोभ देखाउँदै आफूतिर तान्ने रणनीतिमा प्रधानमन्त्री लागेका छन् । यदि गठबन्धन तोडाउन सफल भएनन् भने फेरि दलसँग सम्बन्धी अध्यादेश ल्याएर संसदीय दलमा ४० प्रतिशत पुर्याएर पार्टी फुटाउने र फेरि पनि काँग्रेसससँग मिलेर सरकार बनाउने । यो अलि पहिलेदेखिकै तयारी हो । स्थायी समितिमा माग भएअनुसार ओलीले कुनै एक पदबाट राजिनामा नदिने भएका छन् । ओलीकै निर्देशनमा एउटा समूहले नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । ओलीकै वरिपरी घुम्ने पूर्वएमाले पृष्ठभूमि भएकाहरुले नेकपाले एमाले पार्टी दर्ता गरेका छन् । स्थायी समिति बैठकमा पार्टी विभाजनको प्रयोजनको लागि ओलीले एमाले दल दर्ता गर्न लगाएको नेताहरुले दाबी गरिरहेका छन् ।

अध्यादेश ल्याउन प्रधानमन्त्री ओलीले संसद बैठक अन्त्यको निर्णय गरेको (नेकपा)कै नेताहरु बताउँछन् । त्यही निष्कर्षमा पुगेका अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक रोकेर विहीबार प्रधानमन्त्री ओलीसँग भेट्न हिडे । फर्केपछि बैठकमा प्रचण्डले पार्टी एकता संकटमा पुगेको बताए । त्यसैगरी बैठक दुई दिनसम्मको लागि स्थगित गरेर संवाद र वार्ता गर्नेतिर नेताहरु लागेका छन् । बैठकपछि संचारकर्मीसँग बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पार्टी एकता गम्भीर संकटमा पुगेको बताएका थिगए ।

विहीबार पनि प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुसँग विभिन्न चरणमा छलफल गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टी फुटको लागि पनि तयार रहन नेताहरुलाई बताएका छन् । ओलीले पहिलो प्रयाय झम्सिखेलको गठ बन्धन तोड्न रहने र त्यो नभए अध्यादेश ल्याएरै भएपनि पार्टी फुटाउने निष्कर्षमा पुगेका छन् । यसअघि ओलीविरुद्ध बनेको भैसेपाटी गठ बन्धन भत्काउन सफल भएका थिए । स्रोतका अनुसार ओलीले पूरानै एमाले पार्टी ब्यूताउने छन् । नाम र चुनाव चिन्हको लागि एउटा समूहलाई निर्वाचन आयोगमा दर्ता गर्न लगाइएको समाचार सार्वजनिक भइसकेका छन् ।

झम्सिखेल गठबन्धन भत्काउन ओलीले सकेनन् भने पार्टी फुटाएर नेकपा एमाले पुर्गठन गर्दै नेपाली काँग्रेससँग मिलेर सरकार बनाउने ओलीले विकल्प रोजेका छन् । त्यसको लागि प्रतिनिधि सभामा सरकार बनाउन आवश्यक पर्ने १३६ सांसदको जोहो गर्दैछन् ओली । अहिल सभामुखसहित दुई सय ७० सांसद छन् । विजय गच्छदार, अफताव आलम, रेशम चौधरी र हरिनारायण रौनियार निलम्बनमा छन् भने काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको भर्खरै निधन भएको छ ।

(नेकपा) सँग सभामुखसहित अहिले १७४ सांसद छन । ओली पक्षले आफूसँग बहुमत अर्थात ८८ सांसद रहेको दाबी गरिरहेको छ । तर यो दाबी झुट भएको प्रचण्ड पक्षले बताउँदै आएको छ । ओलीसँग ५० देखि ६० सांसद रहेको प्रचण्ड समूहको दाबी छ । यो दाबीलाई मान्ने हो भने ओलीले पार्टी फुटाएपनि सरकार बनाउन निकै पापड पेल्नुपर्ने हुन्छ । काँग्रेसका ६० सांसद मिलाउँदा पनि ओलीलको लागि राजपाको सहयोग आवश्यक हुन्छ । राजपाले सजिलै ओलीलाई समर्थन दिने सम्भावना निकै कम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal