आज :

आमा घरकी आमा दिलशोभा श्रेष्ठ अभिनन्दित

  • अनलाइन डबली

काठमाडौँ। वृद्ध आमाहरुको सेवा गर्ने “आमाको घर”की संस्थापक दिलशोभा श्रेष्ठलाई एक लाख रुपियाँ नगदसहित अभिनन्दन गरिएको छ ।
वंशरत्न मेमोरियल ट्रष्टद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा  दिलशोभा श्रेष्ठलाई सामाजिक सेवामा समर्पित हुनुभएकोमा अभिनन्दनसहित  एक लाख नगद प्रदान गरिएको हो ।
सिमाविद् बुद्धिनारायण श्रेष्ठले दिलशोभाको दिल भएरै त्यागेका बाआमाको सेवा गर्न सक्नुभएको बताउनुभयो ।  उहाँले समाजसेवा पैसा भएर मात्र गर्न सकिने काम होइन, दिलशोभाको समाजसेवाको निरन्तरताको जत्ति प्रसंसा गरेपनि कम हुन्छ,  सोही कारणले नगदसहित अभिनन्दन गर्ने अवसर पाउँदा खुसी लागेको बताउनुभयो ।
सो अवसरमा समाजसेवी दिलशोभालाई अर्का समाजसेवी रेणुका श्रेष्ठले ५० हजार पाँच रुपियाँ सहयोग हस्तान्तरण गर्नुभयो ।
बालकृष्ण श्रेष्ठ संरक्षक रहनुभएको वंशरत्न मेमोरियल ट्रष्टका अध्यक्ष सन्तकुमारी श्रेष्ठले बागलुङ जिल्लाका जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति दिंदै सुरु भएको ट्रष्टले राजधानीमा समाजसेवी दिलशोभालाई सम्मान गर्न पाएकोमा कृतज्ञ  भएको बताउनुभयो ।
समाजसेवी दिलशोभा श्रेष्ठले आफ्ना श्रीमानबाट पाएको धोकाबाट सुरु भएको वृद्ध बुवाआमाको सेवा निरन्तर चलिरहनुमा  समाजका विभिन्न व्यक्तित्वहरुको सहयोग रहेको बताउनुभयो ।
उहाँले अन्य सकारात्मक दानी व्यक्तित्वहरुको साथै हाल छोरी, ज्वाईंको समेत सहयोग पाएर सुन्दरीजल र सूर्यविनायकमा समाजमा अलपत्र, परित्यक्त बुवाआमाको सेवाका लागि नयाँ भवन बनिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal