कालिकोट । जिल्लामा क्वारेन्टाइनको लागि जाँदै गरेका ३९ यात्रु बोकेको टिपर कर्णाली नदीमा खसेको छ । कालिकोटको रास्कोट नगरपालिकाको क्वारेन्टाइनमा जाँदै गरेका बोकेको टिपर लालिगाडको भीरबाट टिपर खसेर नदीमा पुगेको हो । भारतबाट आएका रास्कोटबासीलाई टिपरले जितेबाट नगरपालिका ल्याउँदै थियो ।
घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् । उद्दार कार्यमा खटिएका एक प्रहरीलाई उदृत गर्दै पत्रकार उमाकान्त न्यौपानेले दिएको जानकारी अनुसार अहिलेसम्म २ जनाको शव निकालिएको छ भने टिपर बीच नदीमा रहेकोले निकाल्न सकिएको छैन ।
थप विवरण आउँदै
- फाइल फोटो