आज :

समाचारको विषयलाई लिएर पत्रकार कडेललाई धम्की, अनलाइन डबलीद्वारा भत्सर्ना

कैलाली । समाचारको विषयलाई लिएर पत्रकार टंक कडेललाई धम्की आएको छ । अनलाइन डबली डकटकमको पत्रकार कडेललाई मंगलबार मोबाइल नम्बर ९८४८०३५३३८ बाट धम्की आएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकामा नाली निर्माणमा उपभोक्ता समितिले अनियमितता गरेको भन्दै स्थानीयले गरेको विरोधको विषयमा अनलाइन डबलीमा मंगलबार समाचार प्रकाशित भएको थियो । उक्त समाचारलाई लिएर अज्ञात व्यक्तिले धम्की दिएका थिए । आफ्नो परिचय नदिएरै उक्त व्यक्तिले उक्त समाचार किन लेखिस् भन्दै जे पनि हुन गरिदिने धम्की दिएका थिए । पत्रकार कडेलले समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया जान आग्रह गर्दा पनि नेपालको कानुन आफूले बुझेको भन्दै ठिक पार्ने धम्की दिइरहे ।

समाचारको विषयलाई लिएर धम्की दिएकोप्रति अनलाइन डबली निन्दा र भत्सर्ना गर्दछ । समाचारमा चित्त नबुझे वा सत्य होइन भन्ने दाबी हो भने कानुनी प्रक्रियामा जानु छोडेर धम्की दिनु निन्दनीय कार्य भएको अनलाइन डबलीका सम्पादक धनन्जय बुढले बताए । “गलत कार्यको ढाकछोप गर्न दिइएको धम्कीलाई हामी खारेज गर्दछौं र चित्त नबुझे प्रक्रियामा जान सम्बन्धीत पक्षलाई सचेत समेत गराउँछौं” बुढाले भने ।

समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिनु प्रेस जगतमाथिकै हमला भएकोले सम्बन्धीत निकायसँग छानविन गरी कारवाही गर्न अनलाइन डबलीले अनुरोध समेत गरेको छ ।

मंगलबार अनलाइन डबलीमा नागरपालिकाको सुखड डोडा पुलदेखि २०० मिटर अगाडिबाट मगर टोल जाने बाटोमा नाली निर्माणमा मापडण्ड विपरित काम भएको भन्ने स्थानीय विरोधलाई समाचार बनाएको थियो । उक्त नाली निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै इन्जिनियरले काम रोक्न भनेका थिए तर उपभोक्ता समितिले अटेर गरेको छ । त्यस्तै उपभोक्ता समिति गठनमा पनि स्थानीयको विरोध छ ।

अध्यक्ष र कोषाध्याक्षलगायतका पदमा एउटै नातागोताका व्यक्ति रहेको र उपभोक्ता समिति गठनबारे अवैध भएको स्थानीयको दाबी छ । यसमा पनि स्थानीयको विरोध जारी छ ।

प्रदेश सांसद अमर साउदले विकास कोषबाट छुट्याइएको १० लाख रकमको उक्त नाली निर्माणमा अनियमितता भएको स्थानीयको आरोप छ । त्यस्तै उपभोक्ता समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ । समिति गठनको नगरपालिका, वडा र सांसद नै जानकारी छैन ।

यस्तो थियो समाचार

१० लाखको बजेटमा परिवारको रजाईँ ! उपभोक्ता समितिको वैधतामाथि नै प्रश्न

यस्तो छ धम्कीको अडियोः

ओए कडेल ! तैले समाचार किन लेखिस ?

ओए कडेल ! तैले समाचार किन लेखिस ?

Dabali Media Pvt.Ltd. यांनी वर पोस्ट केले मंगळवार, ९ जून, २०२०

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal