आज :

अधिवक्ता ढकाललाई जेठ २५ गते उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौँ । अधिवक्ता चिरञ्जीवि ढकाललाई जेठ २५ उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता कान्तिराम ढुंगानाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले शुक्रबार सो आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले निवेदकले मागअनुसारको आदेश किन जारी नगर्ने भन्दै सरकारसँग प्रश्न गरेको छ । महान्यायाधिवक्ताकोे कार्यालयमार्फत लिखित जवाफसहित बन्दी उपस्थित गराउन भनेको छ ।

“यसमा केकसो भएको हो रु निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुनु नपर्ने भए आधार कारण खुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफसाथ बन्दीलाई मिति २०७७ जेठ २५ गतेका दिन बिहान १०ः०० बजे उपस्थित गराउनू ।’

“प्रस्तुत आदेश र रिट निवेदनको एकएक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरूका नाउँमा शुक्रबार नै इमेलमार्फत म्याद सूचना पठाई म्याद सूचना पठाएको जानकारी टेलिफोनमार्फत गराई प्रस्तुत रिट निवेदन सुनुवाइका लागि उपरोक्तबमोजिम मिति २०७७ जेठ २५ गतेको पेसी तोकी नियमानुसार पेस गर्नु” सर्वोच्चको आदेशमा भनिएको छ ।

अधिवक्ता ढकाललाई कानुन व्यवसायको क्रममा प्रहरीले बुधबार माइतीघर मण्डलाबाट गिरफ्तार गरेको थियो । अहिले ढकाललाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal