आज :

दार्चुलाको सर्मोलीका युवाहरु मोदीका मलामी, गाउँभन्दा टाढा लगेर जलाए

दार्चुला । भारतले नेपाली भूमि अतिक्रमण पीडा खेपिरहेको दार्चुलाका युवाहरु संघर्षमा उत्रेका छन् । भारतले लिपुलेक क्षेत्रमा अतिक्रमण गरेर चीनसँग जोड्ने सडक निर्माण गर्न थालेपछि दार्चुलाका युवाहरु आन्दोलनमा उत्रेका छन् । उनीहरुले गुमेको भूमि फिर्ताको लागि भन्दै युवाहरु एकजुट भएका छन् ।

दार्चुलाका अधिकांश युवाहरु अहिले घरको काममा छैनन् । कोरोना र लकडाउनको प्रभाव नगरी भारतीय अतिक्रमणविरुद्ध एकजुट भएका छन् । उनीहरुले चरणबद्ध संघर्षका कार्यक्रम पनि गर्दै आएका छन् ।

यसै सिलसिलमा बुधबार दार्चुलाको लेकम गाउँपालिकाको सर्मोलीमा युवाहरुको अगुवाईमा भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको पुत्ला दहन गरेका छन् । सर्मोलीका करिब डेढ सयबढी युवाहरुले मोदीको मलामी गएर पुत्ला जलाएका हुन् । परम्परागत रुपमा मरेको व्यक्तिको अन्त्यष्टी गर्ने शैलीमा युवाहरु मोदीको मलामी गएको अन्त्यष्टी गरेको स्थानीय दिपक बिष्टले जानकारी दिए ।

मोदीको मलामी गएका विष्टले भने, “सन् १८१६ को सुगौली सन्धि अनुसार नेपालको भूमि लिम्पियाधुराभन्दा पूर्वको भूभाग भएपनि भारतीय विरुतारवादले सन् १९६२ यता लिम्पियाधुरा, कालापानी र लिपुलेक सेना राखेर कब्जा गरेको र त्यसको उत्कर्षका रुपमा सडक निर्माण गरेको छ । यो हाम्रो कब्जा गरिएको भूभाग फिर्ताको लागि हामी गोली खान पनि तयार छौं । सबै युवाहरु एकजुट भएर हामी संघर्षको मैदानमा उत्रिएका छौं । विभिन्न विरोधका कार्यक्रम पनि गर्दै आएका छौं । त्यसअनुसार आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला बनाए अन्त्यष्टि गरेका छौँ ।”

दार्चुलाको साङपाङका स्थानीय भन्छन्- कालापानी-लिपुलेक हाम्रो मुटु हो, भारतसँग लड्‍न तयार छौं

प्रदर्शनकारीहरुले भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रो हो । राष्ट्रघाती सन्धि खारेज गर । नालायक निकम्ममा सरकार मुर्दावाद भन्दै चर्का नाराबाजीसहित मोदीको पुत्ला बोकेर गाउँभन्दा टाढा लगेर जलाएका थिए । सिंगो दार्चुला भारतीय अतिक्रमविरुद्ध आन्दोनलमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal