आज :

दार्चुलाको साङपाङका स्थानीय भन्छन्- कालापानी-लिपुलेक हाम्रो मुटु हो, भारतसँग लड्‍न तयार छौं

काठमाडौँ । भारतले नेपालीभूमि अतिक्रमण गरेर चीन जोड्ने सडक निर्माण गरेपछि दार्चुलाबासी पनि विरोधमा उत्रेका छन् ।
भारतले नेपालाको राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डतामाथि हमला गरेर सडक निर्माण गरेको भन्दै दार्चुलाको नौगाड गाउँपालिकामा सयौँ युवाहरु विरोधमा उत्रेको वडा नम्बर १, साङपाङका युवा बिक्रम ठगुन्नाले जानकारी दिए ।

“यही मिति २०७७ वैशाख २५ गते भारतीय गृहमन्त्री राजनाथ सिंहले कैलास मानसरोबर जाने सडकको उद्घाटन गरेका छन् । सन् १८१६ को सुगौली सन्धि अनुसार नेपालको भूमि लिम्पियाधुराभन्दा पश्चिमको भूभाग हो । तर भारतले सन् १९६२ यता कालापानीमा आफ्ना सेना राखेको छ । जुन अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो, हामी त्यसको विरोधमा उत्रेका छौं” अर्का स्थानीय युवा दानसिंह ठगुन्नाले भने ।
त्यसैगरी अर्का स्थानीय मोहन बडालले कालापानी, लिपुलेक हाम्रो मुटु भएको भन्दै भारतको हस्तक्षेप गरेको भन्दै विरोध जनाए । उनले भने, “भारतले कालापानीमा सडक निर्माण निर्माण गरेको छ । कालापानी हाम्रो मुटु हो । कालापानीमा भारतले सडक निर्माण गर्दा दार्चुलाबासी र सबै नेपालीको मुटु दुखेको छ” बडालले भने ।

विस्तारवादी भारतको रवैयाविरुद्ध गाउँका सबै युवाहरु एकजुट भएर त्यसको विरोध गरेका हौँ प्रदर्शनमा सहभागी इन्द्र ठगुन्नाले बताए । त्यस्तै अर्का स्थानीय इन्द्र ठगुन्नाले भने, “भारतले हाम्रो मुटु कालापानी, लिपुलेक र लिम्पियाधुरामा बुट बजारेको छ, शासकहरुले चुप लागेर बस्लान् तर हामीलाई त्यस्तो दासता स्वीकार्य छैन, हामी सबै यसका विरुद्ध संघर्ष गर्न तयार छौँ ।”

त्यस्तै प्रशर्दनमा सहभागी भक्त ठगुन्नाले भारतका बिरुद्ध लड्न तयार रहेको बताए । भारतको गिद्धेदृष्टिको सबै नेपालीले प्रतिवाद गर्नु पर्ने प्रदर्शनमा सहभागी भएको भक्त प्रेम बडालले बताए । प्रदर्शनकारीहरुले लिपुलेक फिर्ता गर, राष्ट्रघाती सन्धि खारेज गर, भारतीय विस्तारवाद मुर्दावाद, कालापानी हाम्रो हो भन्दै चर्का नाराबाजी गरेका थिए ।

दार्चुलाको सर्मोलीका युवाहरु मोदीका मलामी, गाउँभन्दा टाढा लगेर जलाए

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal