आज :

कोरोनाको उद्‍गमस्थल वुहानमा फेरि संक्रमित भेटिएसँगै स्थानीय चिन्तित

काठमाडौँ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा फेरि नयाँ संक्रमित भेटिएका छन् । पाँच हप्तापछि नयाँ कोरोना संक्रमित भेटिएसँगै स्थानीय त्रसित बनेका छन् ।

चिनियाँ संचारमाध्यमका अनुसार १४ नयाँ कोरोना भाइरस संक्रमित भेटिएका थिए । उनीहरुमध्ये ११ जना जिलिन प्रान्तको सुलान सहरका रहेका छन् भने दुई जना विदेशबाट आएका हुन् ।

कोरोना वुहानमै नजन्मिएर बाहिरबाट आएको बताइएको छ । उनीहरुमा वुहानमा भेटिएका संक्रमितमा यसअघि देखिएको कोरोना भाइरस लक्षण नदेखिएको बताइएको छ ।

पछिल्लो समय चीनमा कोरोनाभाइरसबाट कसैको मृत्यु भने भएको छैन भने नयाँ संक्रमित पनि थपिएका थिएनन् ।

कोरोनाबाट चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ्८२ हजार ९ सय १ जना संक्रमित छन् ।

नयाँ संक्रमित भेटिएसँगै स्थानीय चिन्तित बनेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal