News Portal

  • कोरोनाबाट अमेरिकामा एकै दिन दुई हजारको मृत्यु, मृतकको संख्या ७७ हजार नजिक

    डबली संवाददाता२०७७ बैशाख २६ गते
    ३७० पटक

    काठमाडौँ । कोरोनाभाइरस कारण अमेरिकामा मृत्यु हुनेको संख्यमा बृद्धि भएको छ । पछिल्लो चौविस घण्टमा दुई हजार भन्दा बढीको मृत्यु भएको छ । यो संख्या केही दिन यताकै सबैभन्दा धेरै हो ।

    अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७७ हजार नजिक पुगेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विश्वमा मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७२० पुग्दा अमेरिकामा ७६ हजार ९२८ पुगेको छ ।

    त्यसैगरी विश्वभर ३९ लाख १७ हजार ५३२ जना कोरोनाबाट संक्रमित हुँदा अमेरिकामा मात्रै १२ लाख ९२ हजार ६२३ पुगेको छ ।
    संक्रमितको संख्य भन्दा निकै कमलाई निको भएको छ । एक लाख ७४ हजार जना निको भएर घर फर्केका छन् ।

    प्रतिकृया दिनुहोस्