आज :

विहीबार मध्यरातबाट लकडाउन खुकुलो हुँदै, यी हुन् खुला हुने सेवा र क्षेत्र

काठमाडौँ । सरकारले आज रातिबाट लकडाउनलाई खुकुलो बनाउन लागेको छ । बुधबार बसेको मन्त्रिपरिषदले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको हो । बुधबार लिएका निर्णयहरु संचार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रबक्ता डा. युवराज खतिवडाले विहीबार सार्वजनिक गरेका छन् । सरकारले आज मध्यरातिबाट लागु भएर जेठ ६ गते सोमबार मध्यरातसम्मको लागि लागु हुने गरी सर्तसहित सेवा र क्षेत्रलाई खुकुलो बनाएको छ ।

सरकारले नेपालको अन्तर्राट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमनलाई जेठ २० गते आइतबार मध्यरातसम्म स्थगित गरेको छ । यसअघि बैशाख ३१ गतेसम्मलाई घोषणा गरिएको थियो । यसलाई निरन्तता दिने निर्णय गरेको छ ।

सरकारले औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्यवस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औषधी, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक बस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्य बस्तुलगायतका कृषि तथा पशुपन्छीजन्य उत्पादन तथा विक्री वितरण, औद्योगिक बस्तुको उत्पादन तथा विक्री वितरण, विकास आयोजनाहरूको सञ्चालनको लागि आवश्यक पर्ने ढुङ्गा–गिट्टी, बालुवालगायतका निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ तथा वित्तीय सेवालाई सुचारु गर्ने निर्णय पनि गरेको छ । त्यसको लागि केन्द्रीय, प्रदेशस्तरीय र सम्बन्धित जिल्लाको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमणको जोखिमको अवस्था मूल्याङ्कन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी रगराई, सामाजिक दूरी कायम गरी निम्न सेवा र क्षेत्र खुला राख्ने निर्णय गरेको छ ।

क. कृषि तथा पशुपन्छीजन्य सम्बन्धीः

१. खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य ।
२. पशुपन्छी पालन, माछा पालन, कुखुरा पालन तथा विक्री वितरण।
३. फलफूल, तरकारी, दूध र दुग्धजन्य पदार्थको उत्पादन, सङ्कलन, भण्डारण र विक्री वितरण।
४. नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्री वितरण।
५. कृषि बिउ(बिजन उत्पादन, भण्डारण र विक्री वितरण ।
६. शीत भण्डारण ।

ख. स्वास्थ्य सेवासम्बन्धीः

१. सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू, अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टरहरूको सञ्चालन, सबै प्रकारका खोपलगायतका अत्यावश्यक सेवाहरूको सञ्चालन।
२. औषधि तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा विक्री वितरण।
३. औषधी पसलहरू (आयुर्वेद, होमियोप्याथिकसमेत) को सञ्चालन ।
४. एग्रोभेट र भेटेरिनरी औषधी पसलहरूको सञ्चालन र तत् सम्बन्धी सेवा।

ग. जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तक विक्रीको अनुमति लिएका पुस्तक पसल ।

घ. ढुवानी सेवासम्बन्धी

ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित (म्ष्कष्लाभअतभम) गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार विन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाई देहायका ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने ।

१. प्रकरण ४ को खण्ड (क) र (ख) मा उल्लिखित सवै प्रकारका वस्तु तथा सेवामा प्रयोग हुने ढुवानीका साधनहरू।

२. भन्सारबाट जाँचपास भई आएका, उद्योग प्रतिष्ठानबाट लोड लिई मालसामान बोकेका र मालसामान गन्तव्यमा र्पुयाई फर्किने ढुवानीका साधनहरू।

३. पानी, ग्याँस, पेट्रोलियम पदार्थ बोकेका ढुवानीका साधनहरू।

४. औद्योगिक कच्चा पदार्थहरू र तयारी मालवस्तु बोकेका ढुवानीका साधनहरू।

५. विकास आयोजनामा प्रयोग हुने उपकरणहरू लानेरल्याउने कार्य र निर्माण सामग्रीहरू बोकेका ढुवानीका साधनहरू।

६. कृषि सामग्री, रासायनिक एवं प्राङ्गारिक मल बोकेका ढुवानीका साधनहरू।

७. एम्बुलेन्स सेवा ।

८. विद्यालयका पाठ्यपुस्तकको ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमति लिएका ढुवानीका साधनहरू ।

९. काठमाडौं उपत्यकामा प्रवेश गर्ने मालबाहक सवारी साधनमा यात्रुहरू राख्न नपाइने, प्रवेश विन्दुमा त्यस्ता सवारी साधनका सवारीचालक र सहयोगीको नाम, जन्ममिति, काठमाडौं प्रवेश गरेको र फर्केको मितिसहितको विवरण राख्ने र सवारी साधन फर्की जाँदा सोही विवरणबमोजिमको व्यक्ति भए नभएको जाँच गर्ने । झुट्टा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिई कारबाही गर्ने।

१०. एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाही गर्ने ।

११. अत्यावश्यक कामका लागि दिइने सवारी साधनको पास न्यूनतम सङ्ख्यामा जारी गर्ने।
ङ विकास आयोजनासम्बन्धीः

१. राष्ट्रिय गौरवका आयोजनाहरू, सरकारी तथा निजीस्तरबाट सञ्चालित जलविद्युत आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथा पुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण र एक स्थानमा एकपटकमा अधिकतम १० (दश) जनामा नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधार विकास निर्माणका कामहरू।

२. प्रकरण (१) का आयोजनाहरूमा काम गर्ने श्रमिकहरूलाई सम्बन्धित आयोजनाले दैनिक रूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाई एकै स्थानमा आवासको व्यवस्था गर्ने। श्रमिकहरूलाई कार्यस्थलमै खानारखाजाको व्यवस्था मिलाउने। स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने। यससम्बन्धी खर्च सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्ने।

३. ढुङ्गा (गिट्टी, बालुवालगायत निर्माण सामग्रीहरूको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य।

४. सिमेन्ट उद्योगका लागि खानी सञ्चालनलगायत आवश्यक चुनढुङ्गा, कोइला, क्लिङ्करको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य ।

५. नदी नियन्त्रणका कार्यहरू ।

६. आवास स्थलदेखि निर्माण स्थलसम्म श्रमिकहरूलाई सुरक्षित आवतजावत गर्न स्वास्थ्य मापदण्ड पालना गरी निर्माण व्यवसायीले परिवहनको व्यवस्था मिलाउने।

च. सार्वजनिक सेवासम्बन्धीः

१. बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।

२. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्ने ।

३. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने ।

४. प्रकरण (३) मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानीपूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीति लिई सवारी पास उपलब्ध गराउने।

छ. औद्योगिक उत्पादनसम्बन्धीः

यस अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउने। आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खानारखाजाको व्यवस्था गर्ने। यससम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने। आवासस्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवहनको व्यवस्था मिलाउने। उद्योगहरूले कार्यस्थललाई अनिवार्य रूपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी देहायका उद्योग व्यवसायहरू सञ्चालन गर्ने व्यवस्था मिलाउनेः

१. चामल, दाल, तेल, चिउरा, चिनी, विस्कुट, पाउरोटी, पिठो, चाउचाउजस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरू।

२. ग्याँस बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरू, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू र सिमेन्ट, डण्डीजस्ता निर्माणजन्य उद्योगहरू।

३. बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरूको मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ् तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन ।

ज. राजमार्गका होटल तथा रेष्टुरेन्टसम्बन्धीः

राजमार्ग तथा सहायक राजमार्गका कम्तिमा ५० (पचास) किलोमिटर दूरीको अन्तरमा सम्बन्धित स्थानीय तहले तोकेका स्थानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत गरेको मापदण्ड अवलम्बन गरी खानाको प्याकेट मात्र विक्री गर्ने गरी होटेल, रेष्टुरेण्ट सञ्चालन गर्ने व्यवस्था स्थानीय प्रशासनले मिलाउने। राजमार्ग र सहायक राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू उपर्युक्तबमोजिम निर्धा्रित समय र स्थानमा मात्र रोक्ने व्यवस्था गर्ने ।

झ. व्यवस्थापकीय कार्यसम्बन्धीः

सम्बन्धित रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक, स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दूरी कायम गराउने, अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, तापक्रम मापन गर्ने, स्यानिटाइजर र ग्लोब्सहरूको प्रयोग गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । नगद कारोबार गर्दा खुद्रा पैसाको लेनदेन कम हुने गरी गर्ने। एक ठाउँमा पाँचजना भन्दा बढी व्यक्ति जम्मा नहुने व्यवस्था मिलाउने ।

ञ. प्रतिनिधि सभा, राष्ट्रिय सभा र संसदीय समितिको बैठकहरू स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal