
आज भन्दा २५६४ बर्ष पहिले हाल नेपालको (लुम्बिनी ) तेतिबेलाको शाक्य गणराज्य राज खानदानमा पिता सुधोधन र आमा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो । राज खानदानमा राजाको पहिलो सन्तानको रुपमा जन्म भएका सिद्धार्थ गौतम स्वभाविक रूपमा राजपाठ समाल्ने र राजा हुने अड्कल सबैमा थियो । जब सिद्धार्थ गौतम यी सब सु:खसयल राज पाठसँगै दरवार त्यागेर सत्याको खोजीमा हिडे त्यसपछि सुरु हुन्छ उनको नयाँ जीवन र जीवन प्रणालीको चर्चा । बिबाहित एक सन्तानका पिता सिद्धार्थ गौतम जब दरवार र परिवार पूरै त्याग गरेर हिडे त्सयबेला उनलाई कसैले कायरको संज्ञा दिए भने कसैले उनलाई राजपाठ समाल्न नसक्नेडरपोक भगौडाको संज्ञा दिए । जे होस् सिद्धार्थ गौतमबाट बुद्ध हुने चरण यहि निर शुरु हुन्छ ।
आज हामीले मनाउने बुद्ध जयन्ती, हामीले मान्ने भगवन, हाम्रो आदर्श, हाम्रो प्रेणा, हाम्रो जीवन पद्धति, बिद्रोहको स्रोतसँगै शान्ति र सत्यको मार्ग, पथ प्रदर्शक, एक महामानव उनैको जन्म जयन्तीमा उनैले हामीलाइ छोडेका अमर र अजर शिक्षाको बारेमा मेरो बिबेकले भ्याएको र दृष्टिले देखेको सिद्धार्थ गौतम बुद्धलाई समर्पण गर्दै बुद्धम सर्णम रहि लेख्ने प्रयास गर्ने छु ।
गौतम बुद्ध एक यस्ता महामानव वा (भगवन) हुन् जुन एक अटल अमर हिमालझैं आफ्नै स्वच्छन्दताले भरिपूर्ण सास्वत सत्य । पहाड र ढिस्काहरु धेरै हुन्छन् तर जुन अटल हिमाल स्वच्छ र कन्चन शिर ठाडो गरेर उभिएको छ, हो त्यही शिखरको तुलनानै छैन । शिखर शिखरहो केवल शिखर । गौतम बुद्ध केवल बुद्ध हुन न कुनै तुलना न कुनै दाजो अमर अनि अजर । पूरै मानब जातीको इतिहासमा सायद कुनैअर्को नाम छैन होला जति बुद्धले मानव जातीको अन्तर आत्मालाई उद्देलित गरे। सायद यो पनि नहोला जति तथाकथित बुद्धिजीवीहरुले गौतम बुद्धलाई सताएको होस । मानवले मस्तिष्कको बिकास गरेका छन् तर बुद्धले हृदयको विकासमा जोड दिएका छन् । मस्तिष्कमा बुद्धि हुन्छ हृदयमा विवेक हो त्यही विवेक तिरको ईसरा नै बुद्ध मार्ग हो । बुद्धको धर्म बुद्धिमा हैन हृदयको विवेकसँगै अन्तरआत्मा जगाउनु हो । आजभन्दा २५६४ बर्ष पहिले जुनकुरा बुद्धले बोले आज पनि त्यो सार्थक छ, आउने हजारौ बर्षमा पनि सार्थक हुनेछ। बुद्ध धर्मका पहिला बैज्ञानिक हुन उनले उपदेश शास्त्रबाट होइन समझबाट र बिश्लेषणबाट दिएका छन्। बुद्ध अझ अगाडि भन्छन् जुन कुरा म भन्छु त्यो कहिलै नमान, पहिले खोज, जान बिश्लेषण गर । जब सम्पूर्ण कुरा जान्छौ त्यसपछि मान्ने कुराको जरुरतनै पढ्दैन । विना जानेर मानेको धर्म होस् वा अरु कुनै चिज झुट सिवाए अरु हुनै सक्दैन । दुनियाँमा जति पनि धर्म छन् तिनिहरुले पहिले अपनाउने मान्ने कुरा गर्दछन् तर बुद्ध चाहिँ जान्ने कुरामा जोड दिन्छन् ।
जब कुनै कुरा जानिन्छ मान्नु पर्ने आवश्यकता रहँदैन त्यो जीवन पद्धतिमा रुपान्तरण भइहाल्छ । जुनकुरा अनुभव बिना अबलम्वन गरिन्छ त्यो अन्धविश्वास हो । अध्यारोको डरले उज्यालोको खोजी गर्नु मुर्खता हो, स्वयम दिप जलाउ अध्यारो आफै भाग्छ, सहारा भगवनको होइन अनुभवको र अन्तरहृदयको लिन सुझाउछ बुद्ध स्पष्ट रुपमा भन्छन् । डर र लोभले अवलम्बन गरेको आस्था के आस्था यो ईस्वरीय बिरोधी कुरा हो । ईस्वर हृदयमा छ अन्तरआत्मामा छ नकि कुनै शास्त्र, किताब, वाघरमा यो फजुलको बेमानी हो । बुद्धले कुनै पनि ठाउँमा इस्वरीय कुरा बोलेनन् तर बुद्ध नास्तिक पनि थिएनन् । जुन मानिस आफुलाई नास्तिक भन्छ उहि मानिस आस्तिक हुन्छ । यो बुद्धको एक जीवन शिक्षा हो ।
बुद्धधर्म धर्म हो तर शुन्य अन्त्य होइन, हो त्यही शुन्यबाट बुद्ध धर्म शुरु हुन्छ । बुद्ध मार्ग एउटा पर्वत मार्ग हो जति हामी उकालो चढ्दै जान्छौं त्यति माथीमाथी देखिँदै जान्छ ।
बुद्धका सात अमृत वचन यस्ता छन् ।
१. जसरी हजारौ दियोलाइ एउटा दियोले आफ्नो प्रकाश कम नै नगरि प्रकास बाड्न सक्छ , खुसी पनि त्यसैगरी नै बाड्न सकिन्छ त्योंकम हुँदैन ।
२. मानिसभित्र नै शान्तिको बास हुन्छ, त्यसलाइ बाहिर नखोज ।
३. खुसीको कुनै बाटोनै छैन, खुसी हुनु नै बाटो हो ।
४. चतुर्याईपूर्वक बाच्ने मानिसलाई मृत्युसँग पनि डराउन जरुरी हुँदैन।
५. अतिततिर ध्यान केन्द्रित नगर, भविष्यको पनि सपना नदेख वर्तमानमा ध्यान केन्द्रित गर ।
६. मानिसको मस्तिष्क नै सब थोक हो, उसको मस्तिष्कले जे सोच्छ उ त्यही बन्छ।
७. पाइतलाले त्यतिबेला मात्र पाइतलाको महसुस गर्छ जतिबेला उसले जमिन छोएको हुन्छ।
साँचिकै यी बचनहरु जीवन्त र अमर छन् । यसैबाट हामी अनुभब गर्न सक्छौं गौतम बुद्ध कति महान् र बैज्ञानीक रहेछन् ।अझ बुद्धलाई यसरी बुँदागत रुपमा सहज रुपले सरलीकरण गर्न सकिन्छ ।
१. गौतम बुद्ध दार्शनिक होइनन् एक द्रष्टा हुन्।
२. गौतम बुद्ध परम्परावादी होइनन् मौलिकतावादी देखिन्छन्।
३. गौतम बुद्ध विधिवादी होइनन् मानवतावादी हुन्।
४. गौतम बुद्ध स्वप्न र काल्पनिक हवाइ महल बनाउने आदर्शवादी होइनन् मानव जातीलाई ब्यावहारीक बस्तुनिष्ट बनाउने जीवनवादी द्रष्टा हुन्।
५. गौतम बुद्ध शास्त्रीयवादी हैनन् बैज्ञानिक हुन् । उनले हरेक कुरालाई खोज र बिश्लेषणमा जोड़ दिएका छन्।
६. गौतम बुद्ध कुनै कुरा मान्नुभन्दा पहिले जान्नु पर्ने कुरामा जोड दिन्छन्।
७. गौतम बुद्ध एक सुसज्जित मानव इतिहासका हिरा हुन्।
‘यस धर्मो सनन्तनो !’ धर्म सास्वतर सनातन हो, धर्म जीवनको पहिलो सत्य हो । बुद्धले धर्मलाई पहिलो पटक बिज्ञानको रुपमा प्रतिष्ठा दिलाएका छन् । यसभन्दा पहिले धर्म अन्धविश्वास थियो । उनि अगाडि भन्छन् जब तिमी आँखा खोल्छौं त्यसपछि देख्नेछौं ।धर्मखोज्न आकाशतिर वा मन्दिर, मस्जिद,चर्च गिरिजाघर कुनै ठाउँ जानु पर्दैन । यो त तिमीभित्र सागरझैं बगिरहने पवित्र गंगा हो । धर्म पाउने एक मात्र उपाय स्वम आफैभित्रको प्रवेश हो । गौतम बुद्ध भन्छन् -जब मानिस डराउन्छ तब धर्मको साहरा लिन्छ । यो गलत हो । बुद्धले केवल आस्तिकलाई मात्र एक ठाउँमा उभ्याएन नास्तिकलाई पनि यो पदमा उभ्याएको छ।
आज मानव जाती कोभिड-१९ को महामारीले आकारान्त बनेर थला परि रहेको छ । आफुलाई स्वम भगवन् र आफ्नो देश अनि ब्यावस्थालाई स्वर्गको बखान गर्ने पश्चिमा देश र संस्कार सायद बुद्ध जीवन पद्धति अवलम्बनको पर्खाइमा रहेका छन् । हामी यति सुसम्पन्न छौं जुन मानव जातीको मस्तिष्क होइन हृदयको बाँसुरी बजाउने, मानवताको पाठ सिकाउने महामानव गौतम बुद्धको जन्म भुमीबाट २५६४औ जन्म दिनमा मानवताको संन्देस प्रवाह गर्दैछौ । आऊँ मिलेर बिश्व मानवताको झण्डा यो बुद्धभूमीबाट उचालौं । बिश्वमानव समुदायले ब्याभिचारी होइन समान र सत्वगुण सत्य आवाज वुलुन्द गरौं । यहि छ मेरो २५६४ औ बुद्ध जयन्तीको शुभकामना ! उनै महामानव गौतम बुद्धलाई नमन ।