आज :

कोरोना संक्रमणबाट पहिलो पटक बहालवाला मन्त्रीको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक बहालवाला मन्त्रीको मृत्यु भएको छ । यो घटना अफ्रिकी मुलुक नाइजरका हो ।

नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको कोरोना कारण मृत्यु भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ ।

सत्तारुढ पिएसडीका नेता समेत रहेका ५५ वर्षीय बेन ओमारको उपचारको क्रममा आइतबार निधन भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार मृत्युको समाचार प्रशारण गर्नुअघि सरकारी टेलिभिजनले मन्त्री बेन ओमारले कोरोनाभाइरसका बारेमा व्यक्त गरेका सन्देशहरु प्रशारण गरेको थियो । सन्देशमा मन्त्री ओमारले कोरोनाभाइरस निकै खतरनाक र घातक रहेको तथा यो प्रकाशको गतिमा तिब्र रुपमा फैलिने स्वभावको रहेको बताएका थिए ।

यसैबीच नाइजरका राष्ट्रपति मोहमदु इसोफुले बेन ओमारको निधनबाट आफू अत्यन्त दुखित भएको बताएका छन् । सम्भवतः कोरोनाबाट मृत्यु हुनेमा बेन ओमार विश्‍वकै पहिलो मन्त्री हुन् ।

अहिलेसम्म नाइजरमा हालसम्म ७ सय ५५ जनामा कोराना संक्रमित भएका छन् भने ३७ जनाको मृत्यु भएको छ ।

नाइजरमा आपतकालीन स्थितिको घोषणा गर्नुका साथै सीमा, धार्मिक स्थल तथा विद्यालयहरु सबै बन्द गरिएका छन् । साथै राजधानी नियामेलाई देशका अन्य भागबाट अलग्याइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal