आज :

लकडाउन डायरीः कोरोनाबाट पालिकाबासीलाई सुरक्षित राख्‍न विहानदेखि साँझसम्म व्यस्त

धनगढी । डडेल्धुराको अजयमेहरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टको व्यस्तता झन बढेको छ । सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि जारी गरेको लकडाउन पछि भट्टको दैनिक कार्यसूची बदलिएको छ । पहिले विकास निर्माण र जनता सेवामा खटिने भट्ट लकडाउनपछि कोरोनालाई आफ्नो पालिकाभित्र प्रवेश नै गर्न नदिने तयारीमै विहानैबाट साँझसम्म बिताउने गरेका छन् ।

व्यवस्त अध्यक्ष भट्टसँग अनलाइन डबलीको लागि लकडाउनपछिको अवस्था र दैनिक कार्यसूचीबारे छोटो कुराकानी गरेका छौंः

आजको कार्यतालिका

क्वारेन्टाइनमा रहुनभएकाहरुको अवस्था बुझ्‍ने घरबाट निस्किसकेको छु । त्यहाँ केही अभाव भए त्यहीअनुसारको व्यवस्थातिर लाग्छु । क्वारेन्टाइनको अनुगमनबाट फर्केपछि औषधिको व्यवस्था र राहत संकलन गर्ने आजको योजना छ ।

क्‍वारेन्टाइन 

अहिले ६ वटा क्वारेन्टाइनमा ५० जना हुनुहुन्छ । सबैको अवस्था सामान्य छ । स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गरिराक्नुभएको छ । अहिलेसम्म कोरोनाको कुनै लक्षण देखिएको छैन ।

कोरोना परीक्षण

आरडिटी टेष्ट किटको अभाव छ । आवश्यकताअनुसार आईपुगेको छैन । अहिलेसम्म १३ जनाको मात्र परीक्षण गरिएको छ । पर्सी १४ दिन पुगेका १२ जनाको टेष्ट गराउँदैछौं । त्यसको रिपोर्ट के आउँछ, त्यहीअनुसार अगाडि बढ्नुपर्छ । यसअघि परीक्षण गरिएका १३ जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।

अलपत्र परेका पालिकाबासीको उद्दार

सरकारले बीचमा खुकुलो बनाएको बेला काठमाडौँबाट ४१ जनालाई ल्याएका थियौं । यताबाट गएर कैलाली र कञ्चनपुरमा केही व्यक्ति फस्नुभएको छ । सरकारले ल्याउन रोकेकोले उहाँलाई घरसम्म ल्याउन सकिएको छैन । उहाँहरुको अवस्थाको जानकारी लिइरहेका छौं । खाने-बस्ने र स्वास्थ्यमा केही समस्या हुने बित्तिकै त्यहाँको प्रशासनसँग समन्वय गर्ने तयारीमा छौं ।

महाकाली पारी रोकिएकाहरुलाई उद्दार गरिएपछि पालिकामा दुईजना फर्किनुभयो छ । एकजना सम्पर्कमा आएर क्वारेन्टाइनमा हुनुहुन्छ भने एक जना आजै पुग्ने जानकारी पाएका छौं । एकजना दार्चुला र एकजना बैतडीको सीमा भएर आउनुभएको हो । केही व्यक्तिहरु अझै भारतमै फस्न्भएको छ । केही व्यक्ति भारतकै क्वारेन्टाइनमा हुनुहुन्छ भन्ने जानकारी छ । उहाँहरुसँग पनि पालिकाले सम्पर्क गरेर अवस्था बुझिरहेको छ ।


लकडाउनले जनजीवनमा पारेको प्रभाव

आज ४१ दिन पुगेको छ । यति लामो समयसम्म लकडाउन हुँदा जनजीवन प्रभावित हुने नै भयो र विकास निर्माणका काम अस्तव्यस्त छन् । मानिसहरुले आफ्ना दैनिक कामहरु गर्न पाएका छैनन् । समस्या नभएको क्षेत्रमा लकडाउनलाई कसरी खुकुलो बनाएर सामान्वय अवस्थामा फर्काउदा हुने थियो ।

दिर्घरोगीलाई औषधि व्यवस्था

पालिकाभित्र नियमिति औषधि सेवन गर्ने २ सय ५० जना कोही दिर्घरोगी सम्पर्कमा आउनुभएको छ । उहाँहरुलाई औषधिको समस्या भएपछि पालिकाले ल्याइदिने व्यवस्था गरेको छ । अस्पतालको कागजसहित हामीले संकलन गर्छौ । उहाँहरुसँग पाससँगै यातायातको समस्या हुने भएकोले हामीले सबैको संकलन गरेर ल्याइदिने गरेका छौं ।

स्वास्थ्य सामाग्री

सम्भावित जोखिमसँग जोध्‍न पुग्‍ने स्वास्थ्य सामाग्रीको अपुगता नै छ । तर अहिले त्यो अवस्था आइसकेको छैन । हाम्रो साधन स्रोतले भ्‍यासम्म पूर्वतयारी गरेका छौं । अहिले आवश्यक मेडिकल मास्क, सेनिटाइजरको व्यवस्था गरेका छौं । आवश्यक सामाग्री हुनसक्ने सामाग्रीको लागि माथिल्लो निकायलाई जानकारी गराएका छौं ।

खेतेपाती भित्र्याउने समय

अहिले खेतपाती भित्र्याउने समय भएकोले सामाजिक दूरी कायम गरेर खेतबारीमा जान दिएका छौं । बाहिरबाट धेरै पनि नआएका र भित्रै पनि समस्या नभएकोले पूर्णरुपमा हिटडुललाई बन्द गर्नु पर्ने अवस्था छैन । सामाजिक दूरी कायम गर्दै आत्यवशकीय कामहरु जनताले गरिरहेका छन् ।

माथिल्लो निकायसँग समन्वय

हामीले यहाँको सबै रिपोर्ट माथिल्लो निकायमा पठाउँछौं । ठूलो समस्या नदेखिएकोले अहिले नै असहयोग महशुस गरिएको छैन । पास दिने अधिकार प्रशासनलाई मात्रै दिइएको छ, यसले केही असहजता पैदा गरेको छ । जनतासँग प्रत्यक्ष हामी जोडिने तर पास प्रशासनले मात्रै लिने भएकोले केही अत्यवशकीय कामा पनि समस्या देखिएका छन् । पास दिने अधिकार पनि हामीलाई दिएको भए सहज हुने थियो ।

पूर्वतयारी

कोरोनाभाइरसलाई रोकथाम र नियन्त्रणको लागि सबै उपाय अपनाएका छौं । सम्भावित जोखिमसँग जुध्न र पालिकाभित्र कोरानालाई प्रवेश गर्न नदिन पूर्वतयारी गरेका छौं । यसमा जनताको साथ पनि छ । हाम्रो व्यस्तता कोरोनाबाट पालिकाबासीलाई सुरक्षित राख्‍नु नै हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal