आज :

सबै हल्ला निराधारः किमजोङ सार्वजनिक, रासायनिक कारखानाको रिबन काटेर उद्घाटन

काठमाडौं । सबै हल्ला निराधा सावित गर्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उन सार्वजनिक भएका छन् । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै गरिएका प्रचार झुट भएको पुष्टि भएको छ ।

किमजोङ एउटा कार्यक्रमको उद्घाटन गरिरहेको फोटो उत्तर कोरियाको सरकारी संचारमाध्यमले सार्वजनिक गरेको छ । रासायनिक मलको कारखानाको रिवन काटेर उद्घाट गरेको फोटासहित समाचार उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले सार्वजनिक गरेको छ ।
किमजोङ मात्र २० दिन सार्वजनिक कार्यक्रममा नदेखिँदा विश्वमा ठूलो चर्चा भएको थियो ।

समाचार एजेन्सी केसीएनएका अनुसार उनी सार्वजनिक हुँदा कार्यक्रममा सहभागीहरुले ताली बजार स्वागत गरेका थिए । उनी आफ्नी बहिनी किम यो जोङ्ग र सरकारका वरिष्ठ अधिकारीहरुसँगै कार्यक्रममा सहभागी थिए ।
अप्रिल १२ पछि पहिला पटक कार्यक्रममा देखिएका हुनु ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ्गको जन्मदिनको समारोहमा उन आइनपुगेको फोटोसहित विभिन्न प्रचार गरिएको थियो । त्यसअघि सरकारी मिडियाहरुले १२ अप्रिलमा पार्टीको बैठकको अध्यक्षता गरेको र सोही लडाकु विमानहरुको निरीक्षण गरिरहेको किम जोङ्ग उनको तस्वीर सार्वजनिक गरेका थिए । त्यसपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

दक्षिण कोरियाले गरिएको प्रचारको खण्डन गर्दै आएको थियो ।

यो पनि 

किमजोङ स्वस्थ ! वुन्सान रिसोर्टमा कोरोनापछिको विश्वमा शक्‍ति देखाउने रणनीति बनाउँदै

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal