आज :

किमजोङ स्वस्थ ! वुन्सान रिसोर्टमा कोरोनापछिको विश्वमा शक्‍ति देखाउने रणनीति बनाउँदै

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उनल स्वास्थ रहेका छन् । केही दिनदेखि उनको मृत्यु भएको, गम्भीर बिरामी परेको, ब्रेनडेथ भएको जस्ता समाचार केही अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले प्रशारण गर्दै आइरहेका छन् ।

दक्षिण कोरियाले नेता किमजोङ जीवित र स्वस्थ रहेको बताउँदै समाचारको खण्डन गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले किमजोङ स्वस्थ र जीवित रहेको बताएका छन् । सिएनएनसँग कुरा गर्नै मून चुङ्गले भने, “हाम्रो स्पष्ट भनाई यो छ कि किम जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।”

नेता किमजोङ अहिले वुन्सान नामको रिसोर्ट टाउनमा रहेको उनले बताएका छन् । उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रको वुन्सानमा नेता किम अप्रिल १३ देखि रहेको मून चाङ्गले बताएका थिए ।

अप्रिल ११ मा किमजोङको अध्यक्षतामा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठक सम्पन्न भएको थियो । बैठकमा कोरोनासँग लड्ने रणनीति तय गरिएको बताइएको छ ।

तर, अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएको भन्दै केही पश्चिमा संचारमाध्यमहरुले विभिन्न प्रश्न उठाउँदै आएका छन् ।

यसैबीच उत्तरबाट भागेर दक्षिण पुगेका एक व्यक्तिले संचालन गरेको डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताएको थियो ।

त्यस्तै अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन् ।

यसैबीच चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको समाचार पनि आएको छ । किमजोङको स्वास्थ्यलाई लिएर प्रश्न उठ्न थालेपछि चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली पठाएको बताइएको छ । तर, चीनले भने यसबारे केही बोलेको छैन ।

केही संचारमाध्यमहरुले किमजोङ उक्त रिसोर्टमा कोरोनापछिको विश्वमा आफ्नो कसरी शक्ति देखाउने भन्नेमा रणनीति बनाइरहेका छन् ।  पार्टीका शिर्ष नेताहरुसँगै सैनिक कमाण्डर र आणविक वैज्ञानिकसहित छलफल गरिरहेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal