आज :

अप्रेशन थिएटरमा जानुअघि ओलीद्‍वारा खतिवडालाई मन्त्रीमा नियुक्त

काठमाडौं। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा डा. युवराज खतिवडा पुन : नियुक्त भएका छन्। प्रधानमन्त्रीको ‍सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार खतिवडालाई सपथ खुवाउने भएकी छन् । खतिवडाले आज साँझ ४ बजे सपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएसँगै खतिवडाले मंगलबार राजीनामा दिएका थिए । सांसद नभएपनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाअनुसाार खतिवडा पुनः मन्त्री हुन लागेका हुन् । यदि ६ महिनाभित्र पनि संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने खतिवडा स्वतः मन्त्रीबाट हट्‍नेछन् ।

प्रधानमन्त्री ओलीले मृर्गौला प्रत्यारोपणको लागि अप्रेशन थिएटरमा जानुअघि खतिवडालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal