आज :

नेकपाद्वारा लिम्पियाधुरा,कालापानी-लिपुलेक समेटिएको नेपालको नक्सा मेचीदेखि महाकालीसम्म प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारतले अतिक्रमण गरेको नेपालीभूमी समेटिएको नेपालको नयाँ नक्सा प्रदर्शन गरेको छ । सीमा बचाउ अभियानले तयार गरेको  उक्त नक्सालाई विप्लव नेतृत्वको नेकपाले एकैदिन मेचीदेखि महाकालीसम्म प्रदर्शन गरेको हो ।

अभियानले भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ सार्वजनिक गरेको थियो । आफ्नो दोस्रो चरणको संघर्षका कार्यक्रममा नेकपाले उक्‍त नक्सालाई देशभर सार्वजनिक तथा प्रदर्शन गरेको छ ।

नेकपाका कार्यकर्ता र स्थानीय जनताको सहभागीतामा महाकालीका दार्चुला, कञ्चनपुर, डडेल्धुरा, बैतडीसँगै सेतीका अछाम, कैलाली, कर्णालीका कालिकोटसिहत बर्दिया, दाङ, कपिलवस्तु, नवलपुर, चितवन, मकवानपुरसहितका जिल्लाहरुमा नक्सा प्रदर्शन गरिएको छ । त्यसैगरी मेचीका झापासहित सबै जिल्लाहरुमा पनि नयाँ नक्सा प्रदर्शन गरिएको नेकपाले जनाएको छ ।

कालिकोटमा नक्सा प्रर्दशनमा उपस्थित भएका स्थानीयलाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी रणदिपले नेपालीभूमी गुम्न नदिने बताए । भारतले नयाँ नक्सा खारेज नगरे सीमा सुरक्षाको लागि ज्यान दिन आफूहरु तयार रहेको बताए ।

त्यसैगरी झापामा नक्सा प्रदर्शनमा सहभागीहरुलाई जिल्ला सेक्रेटरी श्रीजंगले झापाली जनता सीमा रक्षाको लागि रगत बगाउन तयार रहेको बताए । उनले भारतले इलामदेखि दार्चुलाको नेपालीभूमी फिर्ता गर्नुपर्ने बताए । राष्ट्रियताको पक्षमा बोल्दा आफुहरुलाई प्रतिबन्धित गर्दै केपि पिके सरकारले देशको सिमाना भारतले मिच्दा समेत कुनै पहल नगरेको भन्दै श्रीजंगले सरकार दिल्लीको दलाल भएको र यो सरकारले जनता र देशको रक्षा गर्न नसक्ने दाबी गरे ।

त्यसैगरी नेकपा झापाले दमकस्थित हिमाबि, सुरुङ्गा, सिवसताक्षी, भद्रपुर, बिर्तामोड, बुद्धशान्ति, मेचिनगरलगायतका स्थानमा बृहत् नेपालको नक्सासहितको ब्यानर राखेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal