आज :

माओवादीलाई मार्न पठाएका सैनिकद्वारा ६ जना सहकर्मीको हत्या, आधा दर्जन घाइते

काठमाडौं । माओवादी विद्रोहीविरुद्ध परिचालन गरेका एकजना अर्धसैनिकले आफ्नै शिविरमा गोली चलाएका छन् । यो घटना भारतको हो । छत्तीसगढको माओवादीबाट निकै प्रभावित नारायणपुर जिल्लामा परिचालन गरिएका सैनिकले आफ्नै शिविरमा अन्धाधुन्ध गोली चलाएका थिए ।

बीबीसीका अनुसार उक्‍त क्षेत्र भारत –तिब्बती सीमा क्षेत्रमा पर्छ । सो क्षेत्रमा रहेको प्रहरी बलको शिविरमा मसुद–उल–रहमानले अन्धधुन्ध गोली चलाएर ६ जना सहकर्मीको हत्या गरेका थिए । त्यसलगत्तै उनले आफूलाई नै गोली हानी आत्महत्या गरेका थिए । स्वाचालित हतियारबाट प्रहार गरिएको गोलीबाट अन्य आधा दर्जन घाइते भएको बताइएको छ ।

सीमा सुरक्षाको लागि भनेर खटाएपनि माओवादीविरुद्ध परिचालन गरेको भन्दै रहमानले गोली चलाएको बताइएको छ ।

नारायणपुर जिल्लाका एसपी मोहित गर्गले घट्नाको पुष्टि गरेका छन् । जिल्लाको काडेनर क्षेत्रमा अवस्थित शिविरमा बुधबार बिहान ८ बजेको समयमा एक जवानले अन्धधुन्ध गोली चलाएका थिए । घटनामा २ जना जवान गम्भीर घाइते भएका छन् । मृत्यु हुने सबै जवानहरु भारत–तिब्बती सीमा प्रहरी बलको ४५ औं बटालियनका हुन् ।

गोलीबाट मारिएका मध्ये दुई जवान हेड कांस्टेबल र चार कांस्टेबल भएको स्थानीय प्रहरीले घटना बताएको छ । मारिनेमा हिमाञ्चल प्रदेशको बिलासपुरका महेन्द्र सिंह, पश्चिम बंगालका सुरजीत सरकार, पंजाबको लुधियानाका दलजीत सिंह, पश्चिम बंगालमा पुरुलियाको विश्वरूप महतो, केरलाको कोझीकोडका बिजिश कुमार छन् ।

घाइते जवानहरूमा केरलाको तिरुवनन्तपुरम जिल्लाका एसबी उल्ला र राजस्थानको नागौर जिल्लाका सीताराम दून छन् । गोली चलाउने रहमान पश्चिम बंगालको नादिया जिल्लाका हुन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal