आज :

उदयपुरमा जङ्गली हात्तीको उपद्रो

काठमाडौं । उदयपुरको त्रियुगा चौदण्डी नगरपालिकाका गाउँमा रातिको समयमा जङ्गली हात्ती गाउँमा प्रवेश गरेर उपद्रो गर्न थालेको छ ।

हात्तीले त्यस क्षेत्रका स्थानीयवासी त्रसित बन्न थालेका छन् । त्रियुगा नगरपालिका-१ को जोगिदह, मोथ्याई र वडा नं २ का खैजनपुर क्षेत्रमा रातिको समयमा हात्ती गाउँमा प्रवेश गरेर घरको अन्न खाइदिने र धानबाली नष्ट गर्न थालेको खैजनपुरका स्थानियले बताएका छन् ।

स्थानीय श्री परियारको घर र गुणराज कार्कीको घरभित्रको बीस मुरीभन्दा बढी धानसमेत खाइदिएको र अन्य बगैंचासमेत बिगार गरेको स्थानीयवासी गुणराज कार्कीले बताए ।

जोगिदहमा पनि रातिको समयमा हात्ती प्रवेश गरेर गाउँघरको धानबाली नष्ट गर्ने र घरवरिपरिका बगैंचाहरु नष्ट गर्न थालेको जोगिदहका स्थानीयवासी भगेन्द्र चौधरीले बताए ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले जङ्गली हात्तीहरु कोशीटप्पु संरक्षण क्षेत्रबाट प्रवेश गरेको हुन सक्ने जनाउँदै नियन्त्रणको पहल शुरु गरेकोे बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal