आज :

प्रचण्ड सहभागीे सभास्थलनजिकै बम विस्फोट, ३ जना घाइते

कास्की । चुनावी सभास्थलनजिकै बम विस्फोट भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका उच्च नेताहरु सहभागी प्रदर्शनी केन्द्रस्थित चुनावी सभास्थलबाट करिब सय मिटर पर बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विस्फोटमा ३ जना साधरण घाइते भएका छन् । विस्फोटपछि अहिले सभास्थल आसपासको क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालित गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर पनि ल्याउने तयारी गरेको छ ।

कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि हुन लागेको उपनिर्वाचनको मौनअवधि सुरु हुनुअघि पार्टीकी उम्मेदवार विद्या भट्टराईलाई जिताउन अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्बाङ, संगठन विभाग प्रमुख वामदेव गौतम र अर्का नेता खगराज अधिकारीसहतिका नेताहरु त्यहाँ पुगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal