आज :

एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुरु

काठमाडौं । एयर ट्राफिक कन्ट्रोलर सम्बन्धी ३६ औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन शुरु भएको छ ।

सम्मेलनमा इन्टरनेशनल फेडेरेशन अफ एयर ट्राफिक कन्ट्रोलर एशोसिएसनमा आवद्ध एसिया प्यासिफिक क्षेत्रका १९ मुलुकका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

आज (विहीबार) राजधानीमा शुरु भएको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सुरक्षित एयर ट्राफिक कन्ट्रोलको चुनौति बढ्दै गएको बताए ।

उनले नीति र प्रविधि राम्रो भएमा एयर ट्राफिक कन्ट्रोल प्रणाली पनि सुदृढ हुने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले सुरक्षित र भरपर्दो एयर ट्राफिक कन्ट्रोल निर्माणका लागि संरचनाको विकास, कन्ट्रोलर क्षमता र गुणस्तरीय व्यवस्थापनका लागि सरकार सधै तयार रहेको बताए ।

नेपाल एयर ट्राफिक कन्ट्रोलर एसोसिएसनका अध्यक्ष रामकृष्ण भट्टले सुरक्षित एयर ट्राफिक व्यस्थापनका विषयमासमेत छलफल हुने बताए ।

सम्मेलनमा उड्डयन क्षेत्रका चुनौति र अवसरहरु, समानता, विधिकरण र नैतिकता, विकसित एयर ट्राफिक व्यवस्थापन, सूचना र सुरक्षा लगायत विभिन्न ५ वटा एजेण्डामाथि छलफल हुनेछ । सम्मेलन शनिबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal