आज :

पुर्नवासमा वडाध्यक्षका लागि ५ जनाको उमेदवारी

काठमाडौं । उपनिर्वाचनका लागि कञ्चनपुरको पुर्नवास नगरपालिका ३ नं.मा वडाध्यक्ष पदका लागि ५ राजनीतिक दलका ५ जनाले उम्मेदवारी दिएका छन् ।

मुख्य निर्वाचन कार्यालयको अधिकृत गोपालप्रसाद बास्तोलाको अनुसार निर्धारित समयअवधिसम्ममा ५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनका अनुसार सबैभन्दा पहिला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार कृष्णबहादुर तामाङ्ग, दोस्रोमा कांग्रेसका उम्मेदवार दिपबहादुर तामाङ्ग, समाजवादीका पदम बहादुर शाही, राप्रपा समुहका भीमबहादुर तामाङ्ग र अन्तिममा राप्रपा संयुक्तका श्रीधन तामाङ्गले उम्मेदवारी दर्ता गराए ।

सबै राजनीतिक दलका उम्मेद्वारहरुले बाजागाजासहित उम्मेदवारी दर्ता गराएका थिए । पुनर्वास नरपालिका ३ नं.वडाध्यक्षमा निर्वाचित फैरु तामाङ्ग जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त रहेको थियो ।

२०७४ असारमा सम्पन्न भएको स्थानीय तह निर्वाचन नेकपाका उम्मेदवार फैरु तामाङ्ग उक्त वडाबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal