आज :

टिपरको ठक्करबाट मोटरसाइकल चालक तिमिल्सिना घाइते

काठमाडौं । सुर्यविनायक नगरपालिका-९ बाँसघारी नजिकै बुधबार बिहान टिपर र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

घाइते हुनेमा काभ्रे घर भई हाल भक्तपुरको जगातीमा बस्दै आएका २३ वर्षिय सुमन तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । प्रदेश ३ ०१ ००३ क ४९३५ नं.को टिपर र बा ८७ प ३४७७ नं.को मोटरसाइकल आपसमा ठोक्किँदा उनी घाइते भएका हुन् । उनलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा मेमोरियल अस्पताल लगिाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal