आज :

अष्ट्रेलियामा भीषण आगलागी, कम्तीमा ३ जनाको मृत्यु

काठमाडौं । अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको छ ।

जंगलमा लागेको आगलागीबाट कम्तीमा ३ जनाको मृत्यु भएको अन्तर्राष्ट्र समाचार एजेन्सीले लेखेका छन् ।

आगलागीमा परेर ४ जना हराइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । वनमा फैलिएको आगलागीका कारण हजारौं मानिस विस्थापित भएका छन् ।

आगलागीका कारण संकटकाल घोषणा गरेर राहत र उद्दारको काम सुरु गरिएको अधिकारीहरूले जनाएका छन् ।

प्रधानमन्त्री स्कट मौरिसनले आगलागी भएका विभिन्न क्षेत्रमा १ हजार ३०० भन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको जानकारी दिएका छन् । आगलागी पीडितको राहत र उद्धारका लागि क्वीन्सल्याण्ड तथा न्यु साउथ वेल्स क्षेत्रमा सयौं नागरिक स्वयम्सेवका रूपमा परिचालन भएका छन् ।

क्विन्सल्याण्डका हजारौं मानिसले सडक तथा क्याम्पमा रात बिताएका छन् । त्यस क्षेत्रमा आगलागीबाट करिब १५० घर पूर्णरूपमा क्षतिग्रत भएका विवरण आएका छन् । आगलागीका कारण सिड्नी लगायतका शहरको आकाशसमेत धुँवामय रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal