आज :

सहकारी समस्या समाधान नगरे सरकारविरुद्ध नाङ्गो हुने पीडितको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । सरकारले सहकारी समस्या समाधान नगरे नाङ्गो प्रदर्शन गर्ने पीडितले चेतावनी दिएका छन् । शुक्रबार संवाद डबलीमा अर्थनग्न प्रदर्शनसहित पत्रकार सम्मेलनको आयोजना गरी पीडितले चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा अर्धनग्न पीडित महिलाहरुले सरकारले आफ्ना कुरा नसुनेका कारण नाङ्गिन बाध्य भएको बताएकी थिइन् । सरकारले नसुने बाध्य भएर पूरै नाङगिएर बिद्रोहमा उत्रिने चेतावनी दिए ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले सहकारी समस्या समाधानको लागि ‘चिट्ठा कार्यक्रम’ अचुक शूत्र बन्ने जिकिर गर्दै सरकारले सो योजना लागु गर्नुपर्ने माग गरेका छन् । व्यक्तिहरुका बचतबाट सञ्चालकहरुले घर, जग्गा, गाडी, मार्टलगायतका स्थायी सम्पत्तिहरु बैंकमा धितो राखी ऋण लिएकोले पनि पीडितहरुको रकम फिर्ता हुन गह्रो रहेको केसीले बताए । केसीका अनुसार ऋण मुक्त गर्न नसक्दा अरबौंको सम्पत्ति बैंकले कम मुल्याङकन गरी लिलाम गर्ने अवस्था रहेकोले त्यसलाई चिट्ठाद्वारा व्यवस्थापन गर्न सकिने जानकारी दिए ।

“यो फर्मूलालाई व्यापारिक तथा ठगी गर्ने उद्देश्य नबनाई विशुद्ध परोपकारी भावबाट पीडितलाई न्याय दिन राज्य र महासंघको सहकार्यमा सम्पन्न गर्नुपर्छ” अध्यक्ष केसीले थपे ।

केसीले समस्या समाधान गर्न अव्यवस्थित सम्पत्तिहरुलाई चिट्ठा कार्यक्रमद्वारा चिट्ठामा सहभागिता जनाउनेहरुलाईलाई पहिलो पुरस्कार बापत २५ करोडको घर, दोस्रोमा १० करोडको घर, तेस्रोमा ५ करोडको घर र चौथोमा जग्गालगायतका भौतिक सम्पत्तिहरु पुरस्कारद्वारा वितरण गर्न सकिने केसीले बताए ।

यसरी चिट्ठाद्वारा आएको रकमले बैंको ऋण चुक्ता गर्ने, पीडितहरुको बचत फिर्ता गर्न सकिने बताउँदै केसीले भने, “यसो गर्दा सामन्य रकमले खरिद गरिएको चिट्ठाबाट व्यक्ति करोडपति हुने अवसरमा धेरैभन्दा धेरै व्यक्ति सहभागिता हुँदा देशलाई ठूलो संकटबाट बचाउन यो शूत्र ‘राम बाँण’ सावित हुने कुरा सरकारले बुझ्न जरुरी छ ।”

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal