
काठमाडौं । संखुवासभा जिल्ला पाचखपन नगरपालिका वडा नम्बर ५ खमारेमा रहेको सरस्वती आधारभूत बिद्यालय खमारेका अवकाश प्राप्त प्राथमिक दितिय श्रेणीका शिक्षक भाेजराज भट्टराईले भ्रष्टाचार गरेकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले मुद्दा दायर गरेकाे छ ।
सिहेश्वरि निम्न माध्यमिक बिधालय बाेहाेराटारमा प्रअ हुँदा शिक्षक भट्टराईले २०७०/५/९ मा विद्यालयकाे तीन लाख ५० हजार रुपैयाँ हिनामिना गरेको अख्तियारले दाबी गरेकाे छ । उनले संखुवासभा जिल्ला अन्तर्गत सिंहेश्वरी निमावि बाेहाेराटारकाे प्रअ हुदा उक्त रकम हिनामिना गरेका हुन् ।
सङ्केत नम्बर ११८८९४ का शिक्षक भट्टराईले उक्त विद्यालयकाे बिद्यालय ब्यबस्थापन समितिलाई गुमराहमा राखेर रकमको ब्याजसहित तिर्छु भनी भट्टराईले उक्त रकम गैह्र कानूनी रुपमा लिएका थिए ।
कानूनतः सरकारी पैसा ब्याजमा लिनदिन मिल्दैन । शिक्षक भाेजराज भट्टराईले सापटी लिएको रकम नतिरी २०७१/१०/१९ मा सिहेश्वरि आ.वि. बाेहाेराटारबाट बरबुझारथ नगरी नगद, जिन्सी नबुझाइ सरस्वती आधारभूत बिद्यालय खमारेमा सरुवा भइ २०७४/१०/१५ मा अवकाश लिएका थिए ।
त्यसपछि सिहेश्वरि बिद्यालय बाेहाेराटारलाइ तत्कालिन जिल्ला शिक्षा कार्यालयमार्फत पटकपटक शिक्षक भट्टराईलाई बरबुझारथ गर्न ताकेता गर्दागर्दै पनि उक्त रकम र जिन्सी नबुझाएकाे बताइएकाे छ ।
तर, शिक्षक भट्टराईले अाफूले कुनै पनि रकम बिद्यालयकाे नलिएकाे दाबी गरेपछि सिंहेश्वरि आधारभूत बिद्यालय बाेहाेराटार र बिद्यालय व्यवस्थापन समितिले संखुवासभा जिल्ला अदालतमा भट्टराईले हिनामिना गरेको रकम र जिन्सीसहित फिर्ता गराइ पाउँ भन्दै मुद्दा दर्ता गरेकाे थियाे । अदालतले विगाे सहित रु. ६ लाख पचास हजार रुपैयाँ भट्टराईले सिहेश्वरि बिद्यालयलाइ तिर्नुपर्ने गरेको फैसला गर्दै सिहेश्वरि बिद्यालयमा गएर बरबुझारथ गर्नु भनि फैसला गरेको थियो ।
पुनरावेदन अदालतले पनि जिल्ला सङ्खुवासभा अदालतकै फैसला सदर गरेपछि भाेजराज भट्टराईले उक्त रकम बिद्यालयलाई 2081 /8 /7 मा जरिवाना सहित रकम फिर्ता गरेका थिए । तर जिन्सि (ल्यापटप ,कम्प्युटर , रजिस्ट्रर , महत्त्वपूर्ण कागजात , छाप, लेटर प्याड , दराजकाे चाबि ) अहिलेसम्म फिर्ता गरेनन् र बरबुझारथ पनि गरेनन। सराेकारवालाका अनुसार भाेजराज भट्टराई करिब सेवा अबधि भर एक दर्जन बिधालयमा सरुवा भएको थियो जुन सरुवा कार्वाही स्वरुप थियो । सबै जसाे बिधालयमा गैह्रहाजिर हुने , नपढाउने, धम्कीपूर्ण भाषा बाेल्ने, तत्कालीन शिक्षा अधिकृतलाइ ढाड र टाउको दुई टुक्रा पारिदिउला भनि धम्कीपूर्ण भाषा बाेलेका थियो जुन सरुवा सङ्ग सम्बन्धित थियो । तत्कालीन प्र . अ. सङ्ग लडाइँ गरेर पुलिस केश सम्म पुगेको थियो ।
यस्तो पनि शिक्षक हुन्छन् र भनि प्रश्न गरेका थिए। आफ्नो स्वार्थ पुरा गर्न कहिले एमाले , कहिले काङ्ग्रेस , कहिले माओवादी जस्ता सङ्गठनमा लागेर अहम र घमण्ड देखाउने गर्दथे । गलत काम गर्दासमेत काेहि सङ्ग नझुक्ने र करिब 43 बर्षकाे उमेरमा राजिनामा दिएका थिए।
( क) सिहेश्वरि आ वि बाट बरवुझारथ बिना नै भाेजराज भट्टराईले लिए पेन्सन पट्टा:
शिक्षा नियमावली 2059 काे नियम 121 र नियम 173 मा कुनै पनि शिक्षक सरुवा भइ जादा र पेन्सन पट्टा बनाउन जादा अनिवार्य रुपमा बिधालयमा बरबुझारथ गर्नुपर्ने कानूनी ब्यबस्था रहेको छ। नियम कानून अनुसार कुनै पनि शिक्षक सरुवा भइ जादा बिद्यालयलाई बुझाउनु पर्ने हर हिसाबकिताब नगद , जिन्सी बरवुझारथ गरेको पत्र बिधालयबाट नलिई नबुझाई राष्ट्रिय किताब खाना(शिक्षक) बाट पेन्सन पट्टा लिन मिल्दैन । तर शिक्षक भाेजराज भट्टराईले कर्मचारीलाई प्रलोभनमा पार्ने गलत षड्यन्त्रको योजना बनाइ कर्मचारी फसाइ करिब आठ बर्षकाे पेन्सन बापतकाे रकम गलत तरिकाले लिने योजनाको साथ पेन्सन पट्टा पनि बनाएको पाइएको छ। भाेजरा भट्टराईको पेन्सन पट्टा नबनाई दिन सम्बन्धित सिहेश्वरि आधारभूत बिद्यालय बाेहाेराटारले 2075/06/05 मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय हुदै राष्ट्रिय किताबखाना ( शिक्षक)मा पेन्सन राेक्का सहितकाे पत्र सिहेश्वरि आ. वि. बाेहाेराटारले लेखेको थियोे । भाेजराज भट्टराईले पेन्सन पट्टा सिहेश्वरि आ वि बाेहाेराटारबाट बरबुझारथ ( जिन्सी ) नगरीकन पेन्सन पट्टा 2081/9/ 18 मा गैह्र कानूनी तरिकाबाट लिएका थिए । बरबुझारथ बिना नै पेन्सन पट्टा लिने काम गैरकानुनी हो ।
( ख) गैह्र कानूनी रुपमा पेन्सन पट्टा लिएकाे र उपदान मात्रै पाउने शिक्षकले पेन्सन पट्टा लिएको भनि अख्तियारद्वारा भाेजराज भट्टराई बिरुद्ध विशेष अदालतमा मुद्दा दायर :
शिक्षक भाेजराज भट्टराईकाे सिहेश्वरि बिधालयमा रहदा 2071/8/2 गतेदेखि 2071/ 10/18 सम्म गयल कट्टी भएको विषयमामा समेत निरन्तर सेवा अबधि भनि सेवा प्रमाणित गरेर ल्याएकाे , अन्य बिधालयबाट सरुवा भएर रमना पश्चात करिबकरिब 2 महिना पछि मात्रै बिधालयमा हाजिरी हुने, विभिन्न बिधालयमा गैह्रहाजिर भइरहने र सिहेश्वरि बिधालयबाट सरुवा पश्चात बरवुझारथ नगरी शिक्षा विकास तथा समन्वय इकाईलाइ गुमराहामा पारि झुक्याएर पेन्सन पट्टाकाे लागि फायल सिफारिस गराइ राष्ट्रिय किताब खाना( शिक्षक ) मा 2081/09/04 मा दर्ता पश्चात सिहेश्वरि बिधालयबाट बरबुझारथ गरेको पत्र ल्याउनु भनि राष्ट्रिय किताब ( शिक्षक ) ले दिएको चिठी पश्चात कर्मचारीलाई फसाउन गलत योजना बनाइ, फसाउने षड्यन्त्र गरेकोले र कानून बिपरित पेन्सन पट्टा लिएको भनि अपराधी शिक्षक भाेजराज भट्टराईलाइ अख्तियारले विषेश अदालतमा 2081/ 12 /19 गते अभियाेग पत्र सहित मुद्दा दायर गरेको छ । अख्तियारले आफ्नो सूचनापत्रमा राखेकाे सूचनापत्र अनुसार भाेजराज भट्टराईलाई ३ लाख रुपैयाँ जफत , ३ लाख जरिवाना र एक बर्ष कैद सजाय माग दाबी गरेको छ।