
काठमाडौं । तीन दिनसम्म पानी पर्ने भएकाले सतर्क अपनाउन आग्रह गरिएको छ।
जल तथा मौसम बिभागले देशैभरी तीनदिन सम्म पानी पर्ने तथा हिमाली भेगमा हिउ पर्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
देशका विभिन्न भागमा अबको तीन दिन पानी, चट्याङ र हिउँ पर्ने सम्भावना छ। मौसमबारे बुझेर मात्रै योजना बनाउन बिभागले अनुरोध गरेको छ।
यसैबीच रातिबाट परेकाे वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् । दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएकाे छ ।