आज :

सरकारको कार्यशैलीप्रति माओवादीले भन्याे- तानाशाही प्रवृत्ति, जनविरोधी निर्णय र विचौलियाको संरक्षण

  • देविराम देवकोटा

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का महासचिव देव प्रसाद गुरुङले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कडा आलोचना गर्दै संविधानविपरीत तानाशाही प्रवृत्तिमा सरकार अगाडि बढिरहेको आरोप लगाएका छन्। शुक्रवार वीरेन्द्रनगर, सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाए।

गुरुङले कुलमान घिसिङ जस्ता कुशल र कर्मशील कर्मचारीलाई कारबाही प्रक्रियामा ल्याउनु सरकारको असक्षम निर्णय भएको उल्लेख गर्दै भने, “काम गर्न सक्ने इमानदार कर्मचारीलाई हटाएर सरकारले आफैं द्वन्द्व निम्त्याइरहेको छ।” विद्युत प्राधिकरण, त्रिभुवन विश्वविद्यालय, चिकित्सक र शिक्षकहरूका मागप्रति सरकारले बेवास्ता गर्दै जनतामा निराशा फैलाएको उनले दाबी गरे।

उनको आरोप छ—वर्तमान सरकारले प्रचण्ड नेतृत्वमा सुरु भएको भ्रष्टाचारविरोधी अभियानलाई रोक्दै विचौलिया र दलाल वर्गको संरक्षणमा लागेको छ। “सरकारको प्राथमिकता जनताको सेवा होइन, स्वार्थी समूहको संरक्षण हो,” उनले भने, “शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा देखिएको अराजकता यसको प्रमाण हो।”

शिक्षक आन्दोलन र शिक्षा विधेयकसम्बन्धी विवादमा सरकार निषेधको बाटोमा लागेको भन्दै गुरुङले शिक्षा मन्त्रीलाई आफ्नै क्षेत्राधिकार प्रयोग गर्न नदिएको आरोप समेत लगाए। “शिक्षक र चिकित्सकले राखेका मागहरू व्यवहारिक थिए,” उनले भने, “तर सरकारले संवादको सट्टा दमन रोज्यो।”

गुरुङले वर्तमान सरकार संविधानको कोर्षअनुसार अघि नबढेको र तानाशाही प्रवृत्तिमा रमाइरहेको टिप्पणी गरे। उनले चेतावनी दिँदै भने, “सरकार अहिले जुन दिशातिर अगाडि बढिरहेको छ, त्यो लोकतन्त्र र समावेशी शासन प्रणालीका लागि खतरनाक संकेत हो।”

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal