आज :

आँधीमा डुबेका बुलेट ट्रेन हटाइने

काठमाडौं । जापानमा गत महिना समुद्री आँधी आउँदा बाढीमा डुबेका १० वटा बुलेट रेललाई हटाइने भएको छ ।

बाढीमा आंशिक रुपमा मात्रै डुबेका ती रेलका केही भाग अझै कामकाजी छन् । तर तिब्र गतिका ती रेललाई अब प्रयोगमा नल्याइने बताइएको छ ।

ती रेललाई प्रयोग नगर्दा जापानलाई ११ करोडदेखि १३.५ करोड अमेरिकी डलर क्षति हुन सक्ने जापानी मिडियाले जनाएका छन् ।

नगानो नगरस्थित स्टेशनमा पार्क गरिराखिएका ती रेलमा हगिबिस आँधीसँगै आएको बाढीका कारण आंशिक रुपमा क्षति भएको हो । निरन्तरको आँधीले त्यसबेला ९० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal