आज :

पाकिस्तानका संचारमन्त्रीले भने- कश्मीरमा भारतले सेतो झण्डा देखाएर हार स्वीकार गर्यो

  • अनलाइन डबली

काठमाडौं । पाकिस्तानका संचारमन्त्रीले भारतले कश्मीरमा सेतो झण्डा फहराएर हार स्वीकार गरेको बताएका छन् ।

बुधबार बिहान ७ बजेतिर सूचना मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै तरारले भने, ‘भारतले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको र हार स्वीकार गरेको हो ।’ पृष्ठभूमिमा बजाइएको सेतो झण्डाको फुटेजको अगाडि बसेर मन्त्री तरारले सो दाबी गरेका हुन् ।

‘उनीहरूलाई सेतो झण्डा फहराउन बाध्य पारिएको छ’ तरारले भने । पीटीभी न्यूजले सैन्य संरचनाको माथि फहराइएको सेतो झण्डाको फुटेज पनि साझा गरेको छ ।

तरारले सीमापारि भारतीय सेनाका धेरै चौकीहरू पाकिस्तानी सशस्त्र बलले ध्वस्त पारेको दाबी समेत गरे ।

पाकिस्तानले पहलगाम आक्रमणको छानबिनको लागि आह्वान गरेको तर भारतले आक्रमण गरेको र अहिले त्यहाँबाट भागेको तारारले दाबी गरेका छन् । उनले आफ्नो सेनाले भारतका कुनै पनि नागरिकलाई निशाना नबनाएको बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal