आज :

एमाले अधिवेशनस्थल रणमैदानमा परिणत, अवस्था तनावग्रस्त

  • अनलाइन डबली

जनकपुर । जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ ।

निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिषरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो ।

ढुङा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरुमा तोडफोड र हानाहान भएको हो । झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन् । उनीहरुको विवरण आउन बाँकी छ ।

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो । त्यसपछि विवादले अहिले उग्र रुप लिएको छ ।

गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।

सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहलेसम्म मतदान सुरु हुन सकेको छैन भने असन्तुष्ट पक्षहरुबीच मतदानस्थलमा झडप भइरहेको छ । सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal