
काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान अधिनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेर युद्धको घोषणा गरेको छ ।
भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ ।
भारतले पहिला हमला गरेर युद्ध निम्त्याएको पाकिस्तानले जनाएको छ । यसैबीच पाकिस्तानी सेनाले पाँच भारतीय जेट खसालेको दाबी गरेको छ ।
‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।
भारतले पनि यसबारे कुनै प्रतिक्रिया नदिएर नदिनुलाई स्वीकार गरेको अर्थमा बुझिएको छ ।
सोसल मिडियामा पाकिस्तानले सीमा क्षेत्रमा भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरेको छ ।
भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको थियो ।
भारतीय हमलामा परी एक दर्जनको मृत्यु भएको जनाइएको छ भने ३५ जना घाइते भएका छन् ।
भारतले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरेको पाकिस्तानले दाबी गरेको छ